एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साल्के बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा साल्के युनियन बर्लिनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
बर्लिनको मैदानमा ११ औं मिनेटमा रोबर्ट एन्ड्रीचको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो ।
तर, खेलको २८ औं मिनेटमा जोन्जोई केनीले गोल गर्दै साल्केलाई हारबाट जोगाए ।
बराबरीसँगै साल्केले ३० खेलमा ३८ अंक जोडको छ । साल्के लिगको दशौँ स्थानमा रहेको छ ।
३२ अंक जोडेको बर्लिन १४ औं स्थानमा रहेको छ ।
अर्को खेलमा कोल्नले आउग्सबर्गसँग १-१ गोलको बराबरी खेलेको छ ।
कोल्नको लागि एन्थोनी मोडेस्टले ८५ औं मिनेटमा गोल गरे ।
तर, ८८ औं मिनेटमा फिलिप म्याक्सले गोल गर्दै आउग्सबर्गलाई खेलमा फर्काए ।
त्यसअघि २७ औं मिनेटमा आउग्सबर्गका फ्लोरिनले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।