एजेन्सी । न्युजिल्याण्ड अर्को बर्ष हुने यू–१७ महिला विश्वकप फुटबलमा छनोट भएको छ । ओसियाना महादेशबाट एक मात्र प्रतिनिधि देशको नाम समावेश गर्दा न्युजिल्याण्ड विश्वकपमा छनोट भएको हो ।
न्युजिल्याण्ड विश्वकपमा छनोट हुने चौथो टिम समेत बनेको छ ।
यसअघि न्युजिल्याण्ड सहित एसिया छनोटबाट जापान र उत्तर कोरिया छनोट भएका थिए । भारतको टिम समेत आयोजकको हिसाबले विश्वकपमा छनोट भईसकेको छ ।
फिफा यू–१७ महिला विश्वकप फेब्रुअरी १७ देखि मार्च ७ सम्म तय गरिएको छ ।
यसअघि प्रतियोगिता नेभेम्बर २ देखि २१ सम्मका लागि तय गरिएको थियो । तर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वकपको पूर्व निर्धारित मिति स्थगित गर्दै अघिल्लो बर्षका लागि सारिएको हो ।