एजेन्सी । म्यान्चेस्टर युनाइटेडका फरवार्ड मार्कस राष्फोर्डले कोरोना भाईरसको कारण सरकारले लगाएको लकडाउनपछि क्लब बलियो भएको बताएका छन् ।
इंग्ल्यान्डका फरवार्ड राष्फोर्डले लकडाउनपछि लिग स्थगित भएपछि क्लब पहिलेको भन्दा मजबुद भएको बताएका हुन् ।
'मलाई लाग्छ कि लकडाउनबाट बाहिर आउँदा हामी पहिले भन्दा अझ बलियो अवस्थामा छौं,' राष्फोर्डले भने ।
कोरोनाको कारण गत मार्चबाट लिग स्थगित भएको थियो । तर, लिग जुन १७ बाट सुचारु हुँदैछ ।
युनाइटेडले जुन १९ मा टोटनहमविरुद्ध खेल्नेछ । यस सिजन युनाइटेड पाँचौं स्थानमा रहेको छ ।
युनाइटेड शीर्ष ३ मा रहेर सिजन सकाउने योजनामा रहेको छ ।
यस्तै राष्फोर्डले आफु पूर्ण रुपमा चोटबाट मुक्त भएको समेत बताएका छन् ।
'चोट बोक्नु भन्दा अगाडी मेरो उत्कृष्ट सिजन रह्यो । अहिले म पूर्ण फिट भएको छु । त्यसैले अघि बढ्न प्रतिबद्द छु,' राष्फोर्डले थपे ।
राष्फोर्डले फेब्रुअरीमा वुल्भ्ससँगको खेलमा चोट बोकेका थिए । त्यसयता उनी मैदान बाहिर रहेका छन् ।