एजेन्सी । इंग्लिस क्लब साउथह्याम्पटनका फरवार्ड शेन लङले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
आईरिस फरवार्ड लङले थप दुई वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेका हुन् ।
सम्झौतासँगै लङ सन् २०२२ सम्म साउथह्याम्पटनमा रहने छन् ।
सम्झौतापछि ३३ वर्षे फरवार्डले थप केहि वर्ष क्लबमा रहन पाउँदा उत्साहित भएको बताए ।
लङ सन् २०१४ मा हल सिटीबाट साउथह्याम्पटन आएका थिए ।
उनले क्लबका लागि २ सय बढी खेल खेलेका छन् ।
