एजेन्सी । इंग्लिस क्लब एभर्टनले डिफेन्डर लेइटन बैन्सलाई सम्झौता नवीकरण गर्न प्रस्ताव गरेको छ ।
३५ वर्षे डिफेन्डरलाई थप एक वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गर्न एभर्टनले प्रस्ताव गरेको हो ।
लामो समयबाट एभर्टनमा रहेका इंग्लिस डिफेन्डर सन्यासको संघारमा रहेका छन् । तर, क्लबले उनलाई थप एक वर्षको अवसर दिने तयारी गरेको हो ।
सन् २००७ मा विगान एथ्लेटिक्सबाट एभर्टन आएका लेइटनले क्लबका लागि ४ सय १७ खेल खेलका छन् ।
कार्लो एन्सेलोटिले क्लब सम्हालेपछि भने उनले तीन खेलमा मात्र मैदान उत्रने मौका पाएका छन् ।
लेइटनले इंग्ल्यान्डका लागि ३० खेल खेलेका थिए ।