एजेन्सी । इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपका खेलाडी र स्टाफ गरि थप ९ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इंग्लिस फुटबल लिगले पछिल्लो चरणमा ६ क्लबमा गरिएको परिक्षणमा ९ खेलाडीमा कोरोना देखिएको जनाएको छ । यस अघि १० खेलाडीमा कोरोना देखिएको थियो ।
च्याम्पियनसिप क्लब मध्ये प्रिस्टन र सेफिल्डले एक एक जनामा कोरोना देखिएको जनाएको छ ।
पछिल्ला चार दिनमा १ हजार ९४ जनामा कोरोना टेष्ट गर्दा ९ जनामा पोजेटिभ देखिएको हो ।
लिगले कोरोना देखिने सबै सेल्फ आइसोलेसनमा रहेको जनाएको छ ।
यस्तै पछिल्लो पटक लिग टु क्लबका १ सय २६ खेलाडीमा परिक्षण गर्दा सबैको नेगेटिभ आएको बताईएको छ ।
कोरोनाको कारण गत मार्चबाट च्याम्पियनसिप स्थगित गरिएको छ । तर, अर्को महिनाबाट च्याम्पियनसिप सुचारु गर्ने तयारी भईरहेको छ ।