एजेन्सी । अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाले अर्जेन्टिनी क्लब जिम्नासियासँगको सम्झौता नवीकरण गरेका छन् ।
जिम्नासियाको मुख्य प्रशिक्षक रहेका म्यारोडोनाले थप एक वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेका छन् ।
सम्झौतासँगै म्यारोडोना २०२१ को डिसेम्बर ३१ सम्म जिम्नासियाको प्रशिक्षक रहने छन् ।
५९ वर्षीय म्यारोडोनाको नेतृत्वमा रहेको जिम्नासिया यस सिजन लिगको १९ औं स्थानमा रहेको छ ।
सन् १९८६ को विश्वकप विजेता म्यारोडोनाले यस अघि अर्जेन्टिनाको टिम सम्हालेका थिए । सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।