एजेन्सी । युक्रेनको घरेलु लिग फुटबल अनिश्चित बनेको छ । कारपाती किभका २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि घरेलु शीर्ष डिभिजनको लिग अनिश्चित बनेको हो ।
युक्रेनी फुटबल संघले ६५ जना ब्यक्तिमा कोरोनाको परिक्षण गरेको बताएको छ । तर संघले संक्रमित खेलाडी वा स्टाफको बिषयमा कुनै जानकारी दिएको छैन ।
कारपातीलाई बाहिर राख्दै गत हप्ताबाट युक्रेनको लिग सुरु भएको थियो । कोरोनाको संक्रमण देखिएको भन्दै क्लबको पहिलो खेललाई स्थगित गरिएको थियो । अब लिगका आगामी दुई खेललाई समेत स्थगित गर्ने निर्णय गरिएको छ ।
लिग जुलाईको मध्य सप्ताहमा सक्ने तयारी गरिएको थियो । तर पछिल्लो समय संक्रमितको संख्या बढेसंगै लिग अनिश्चित बनेको हो ।
क्लबले संक्रमितलाई बेग्ला बेग्लै राखेर उपचार सुरु गरिएको र दुई हप्तासम्म प्रशिक्षण बन्द गरिएको जानकारी गराएको छ ।
क्लबका खेलाडीगोर नाजारिनले युक्रेनी टिभीलाई अन्तरवार्ता दिदै क्लबका कोहीपनि सदस्यमा कोरोनाको लक्षण नदेखिएको बताएका छन् ।