एजेन्सी । बुन्डेसलिगामा भेरडाआ ब्रेमेनमाथि रेलिगेशनको दबाब थपिएको छ ।
बुधबार राति घरेलु मैदानमा आईनट्राख्ट फ्रान्कफुर्टसंग ३–० ले पराजित भएसंगै ब्रेमेनले रेलिगेशन जोनबाट बाहिर निस्कने मौका गुमाएको हो ।
घरेलु मैदानमा भएको खेलमा ब्रेमेनले तीनै गोल दोस्रो हाफमा ब्यहोरेको थियो ।
खेलको ६१ औं मिनेटमा आन्द्रै सिल्भाको गोलबाट पाहुना टोली फ्रान्कफुर्टले अग्रता लिएको थियो ।

स्टेफन इलसान्करले ८१ औं मिनेटमा फ्रान्कफुर्टको अग्रता दोब्बर बनाएका थिए । खेलको अन्तिम मिनेटमा इल्सान्करले ब्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरे ।

ब्रेमेन २९ खेलबाट २५ अंक जोड्दै तालिकाको १७ औं स्थानमा यथावत छ । उसले जित निकाल्दै रेलिगेशन जोनबाट बाहिर निस्कने मौका गुमायो । फ्रान्कफुर्ट ३५ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ ।