शुक्रबार, मंसिर २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फाले पोखरामा बहुउद्धेश्यीय ट्रेनिङ सेन्टर बनाउने

बुधबार, २१ जेठ २०७७हिम बिक्रम केसी
एन्फाले पोखरामा बहुउद्धेश्यीय ट्रेनिङ सेन्टर बनाउने
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेशको पोखरामा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को सहयोगमा एन्फाले पोखराको माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको हो ।

एन्फाले ट्रेनिङ सेन्टर निर्माणका लागि नयाँ आर्थिक बर्षमा १७ करोड ५५ लाख रुपैयाँको बजेट समेत छुट्याएको छ ।

सोमबार बसेको कार्यसमिति बैठकले ट्रेनिङ सेन्टर निर्माणका लागि करिब साढे १७ करोड रुपैयाँको बजेट पारित गर्ने निर्णय गरेको हो ।

‘परियोजनाको पहिलो चरणको बजेटमात्र पारित भएको छ ।’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलपाटीसंग भने, ‘सबै काम सकिएको छ । अब नयाँ आर्थिक बर्षबाट निर्माणको टेण्डर प्रक्रिया अघि बढ्छ ।’

करिब २ सय ५२ रोपनी जग्गा निर्माण हुने फुटबल ट्रेनिङ सेन्टरका लागि गाउँपालिकाले जग्गा उपलब्ध गराएको हो । ट्रेनिङ सेन्टर निर्माणको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) अनुसार करिब ३५ जनासम्म राख्ने मिल्ने चार बेग्ला बेग्लै होस्टेल निर्माण गरिनेछ ।

'ड्रिम प्रोजेक्ट'को रुपमा निर्माण गर्न लागेको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समुहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

‘फुटबल संघका आन्तरिक गतिविधि मात्र हैन, बाहिर देशबाट आएका टिमलाई समेत राख्न मिल्ने गरि परियोजना बन्नेछ ।’ अध्यक्ष शेर्पाले भने, ‘यसलाई आफ्नै आन्तरिक आम्दानीबाट चल्ने गरि सञ्चालनमा ल्याउने योजना छ ।’

एन्फाले तयार पारेको डीपीआर अनुसार ट्रेनिङ सेन्टरभित्र ५ हजार दर्शक क्षमता सहितको तीन प्राकृतिक मैदान बन्नेछन् । परियोजना अन्तर्गत दुई कृतिम (आर्टिफिसियल) मैदान, दुई बालुवाको मैदान सहित स्विमिङ पुल, रेष्टुरेन्ट, पुस्तकालय, जिमहल र एक अन्तराष्ट्रिय मापदण्डको कन्फरेन्स हल समेत निर्माण गरिनेछ ।

फिफाले तीन चरणको परियोजना निर्माणको काम सक्न एन्फालाई निर्देशन दिएको छ ।

‘फिफाले तीन चरणमा परियोजना सक्न भनेको छ । पहिलो चरणको काम सकिएपछि थप बजेट प्राप्त हुनेछ ।’ शेर्पाले भने, ‘नियमित बजेट भन्दा अरु बजेट पनि आउन सक्छ । प्रदेश र केन्द्रिय सरकारले समेत सहयोग गरेमा परियोजना चाँडै सम्पन्न हुनेछ ।’

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

लुम्बिनीले जिते प्लेअफमा पुग्नै सबै टोलीको टुंगो लाग्ने

लुम्बिनीले जिते प्लेअफमा पुग्नै सबै टोलीको टुंगो लाग्ने

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम क्वालिफायरमा

लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम क्वालिफायरमा

न्यु डायमन्डमाथि पुलिसको जित

न्यु डायमन्डमाथि पुलिसको जित

अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित

अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित

पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

पोखरालाई काठमान्डुको चुनौतीपूर्ण लक्ष्य

पोखरालाई काठमान्डुको चुनौतीपूर्ण लक्ष्य