अंग्रेजी सिक्दै बाबर
एजेन्सी । पाकिस्तानको एकदिवसीय क्रिकेट टिमका कप्तान बाबर आजमले अंग्रेजी भाषाको कक्षा लिन सुरु गरेका छन् ।
अंग्रेजी भाषा सुधारका लागि नवनियुक्त कप्तान बाबरले कक्षा लिन थालेका हुन् ।
पाकिस्तान क्रिकेट बोर्डले दुई साता अघि बाबरलाई एकदिवसीयको कप्तान चयन गरेको थियो ।
बाबरले आफु सबै फर्म्याटको कप्तान बन्ने लक्ष्यसहित अंग्रेजी राम्रो बनाउन कक्षा लिन थालेको बताएका छन् ।
कप्तान बनेपछि अन्तर्राष्ट्रिय स्तरमा खेलाडी तथा मिडियामा राम्रोसँग कुराकानी गर्न पनि कक्षा लिन सुरु गरेको उनले बताए ।
'आजकल आफ्नो ब्याटिङसंगै अंग्रेजीलाई समेत ध्यान दिन थालेको छु,' बाबरले भने ।
बाबरलाई मिडियासामु सरल तरिकाले आफ्नो बिचार राख्न पाकिस्तानी फास्ट बलर तनवीर अहमदले सल्लाह दिएका थिए ।
कप्तान चयनपछि मिडियासँग प्रश्नोत्तर गर्न राम्रो अंग्रेजी हुनुपर्ने तनवीरले बताएका थिए ।
उत्कृष्ट प्रदर्शनको कारण दाँया हाते ब्याट्सम्यान बाबरको विश्वका शीर्ष ब्याट्सम्यानसँग तुलना हुँदै आएको छ ।










-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

