एजेन्सी । अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लबका खेलाडी तलब कटौतीका लागि सहमत भएका छन् ।
कोरोना भाईरसको कारण क्लबमा पर्न गएको आर्थिक संकटको कारण खेलाडी तलब कटौती गर्न सहमत भएका हुन् ।
एमएलएसका प्लेयर एसोसियसनले क्लबले गरेको तलब कटौतीको प्रस्तावलाई स्वीकार गरेको हो।
कोरोनाको कारण यस अघि युरोपियन लिगका खेलाडीहरु समेत तलब कटौतीका लागि सहमत भएका थिए ।
कोरोनाको कारण गत मार्चबाट एमएलएस लिग स्थगित गरिएको छ ।
यस सिजन लिगमा मात्र दुई खेल भएको थियो ।
यस सिजनको लिग सुचारु अझै अन्योलमा रहेको छ ।
किनकी अमेरिकामा कोरोनाको कारण १ लाख बढीको मृत्यु भईसकेको छ । २० लाख बढीमा संक्रमण देखिएको छ ।