एजेन्सी । इंग्लिस क्लब टोटेनहमका युवा स्ट्राइकर ट्राय पारोटले प्रिमियर लिग सुचारुपछि सुरुवाती खेल गुमाउने भएका छन् ।
एपेन्डिक्सको शल्यक्रिया गरेपछि १८ वर्षे पारोटले सुरुवाती खेल गुमाउने भएका हुन् ।
कोरोना भाईरसको महामारीले स्थगित लिग जुन १७ बाट सुचारु हुँदैछ ।
टोटनहमले पारोटको शल्यक्रिया गरिएको र उनी जुनको अन्यतिर टिमको प्रशिक्षणमा फर्कने जनाएको छ ।
टिमको प्रशिक्षणमा सामेल भएका पारोटको पेट दुखेपछि जचाउँदा एपेन्डिक्स देखिएको थियो ।
रिपब्लिक अफ आयरल्याण्डमा स्ट्राइकर पारोटले यस सिजन टोटेनहमको सिनियर टिमबाट ४ खेल खेलेका छन् ।
पारोटको क्लबसँगको सम्झौता सन् २०२३ सम्म रहेको छ ।