एशियन गेम्स : बक्सिङमा संगिता पराजित
शुक्रबार, भदौ ८, २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । एशियन गेम्सको बक्सिङ स्पर्धामा नेपालकी संगिता सुनार पराजित भएकी छिन् । प्रि क्वार्टरफाईनलको खेलमा संगिता थाईल्याण्डकी निलावान टिचहाससंग अककाे अाधारमा ५–० ले हारेकी हुन् ।
बक्सिङको स्पर्धातर्फ सगिताले महिला ५७ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी थिईन् । व्यक्तिगत स्पर्धामा नेपालले बक्सिङमा समेत पदकको आश गरेको छ ।
तेक्वान्दोको सम्भावना सकिएपछि नेपालले पदक जित्ने सम्भावनाको खेलको रुपमा बक्सिङलाई हेरेको छ ।






-1754312729.jpeg&w=3840&q=75)








