एजेन्सी । युरोपेली क्लब फुटबलमा सर्वाधिक गोलकर्ताको दौडलाई धेरै तत्वले फरक पार्छ । बार्सिलोनाका स्टार लियोनल मेस्सीले गत सिजन छैठौं पटक युरोपियन गोल्डेन बुटको उपाधि हात पारे । सन् २०१९–२० मा समेत मेस्सी यसका मुख्य दावेदार देखिएका छन् ।
मेस्सीले युरोपेली महादेशका अन्य उत्कृष्ट खेलाडीलाई कहिल्यै प्रतिस्पर्धामा आउन दिएनन् । केलियन एमबाप्पे, मोहमद सलाहा जस्ता खेलाडीलाई आफ्नो गतिले पछि पारे ।
क्रिस्टियानो रोनाल्डो युभेन्टसमा पहिलो सिजन उत्कृष्ट लयमा रहे । यस सिजन उनले थप सुधार गर्नेमा कुनै द्विविधा छैन ।
कोरोनाले युरोपेली क्लब फुटबलको अबरुद्ध सिजन सुरु हुदै गर्दा गोल संख्याको दौड पुन सुरु भएको छ । कोरोनाले प्रभावित बनेको युरोपको क्लब फुटबलमा सर्वाधिक गोलकर्ताको दौडमा शीर्ष १० मा रहेका खेलाडी निम्न प्रकार रहेका छन् ।
१. रोबर्ट लेवास्डोस्की (बार्यन म्युनिख, २९ गोल)
रोबर्ट लेवान्डोस्की पछिल्लो दशक विश्वका उत्कृष्ट खेलाडी मध्यका एक हुन् । उनी युरोपेली क्लब फुटबलका स्थापित फरवार्ड हुन् ।
पोल्यान्डका अन्तराष्ट्रिय फरवार्डले बुन्डेसलिगामा आफ्नो क्षमता भरपुर प्रर्दशन गरिरहेका छन् । उनी चोट मुक्त हुँदै आत्मविश्वासका साथ गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी छन् ।

२. सिरो इम्मोबिल (लाजियो, २७ गोल)
इटालीका सिरो पछिल्लो समय निरन्तर गोल गरिरहेका छन् । उनी यस सिजन रोकिने छाँटकाट देखाएका छैनन् । उनी सिरि एमा सर्वाधिक गोलकर्ताको दौडमा अगाडी छन् ।
सन् २०१३–१४ र २०१७–१८ मा उनी इटालीमा सर्वाधिक गोलकर्ता थिए । तर उनले युरोपियन गोल्डेन बुट पाउन सकेनन् । उनले यस पटक फेरी सम्भावनालाई उजागर गरेका छन् ।

३. टिमो वार्नर (आरबी लाइपजिग, २४ गोल)
टिमोले सन् २०१६–१७ मा बुन्डेसलिगामा सर्वाधिक २१ गोल गरेका थिए । तर यस पटक उनले आफ्नै कीर्तिमान सुधार गरे ।
उनको प्रर्दशनमा आएको सुधारसंगै युरोपका ठुला क्लब उनको पछि छन् । गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुलले उनलाई पहिलो प्राथमिकतामा राखेको छ ।

४. ईर्लिङ हाल्याण्ड (बोरुसिया डर्टमन्ड, २६ गोल)
हाल्याण्ड साल्जबर्गमा चम्किदै यसै बर्ष जर्मन क्लब बुन्डेसलिगा आए । उनी युरोपेली क्लब फुटबलमा सर्वाधिक माग गरिएका युवा फरवार्ड हुन् । उनी साल्जबर्गमा १६ गोल गर्दै बाँकी करियरका लागि बोरुसिया डर्टमण्डमा आबद्ध भएका छन् ।
उनले जर्मन बुन्डेसलिगामा स्मरणीय प्रर्दशन गरे । डेब्यु खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान पसेका उनले ह्याट्रिक गरे । उनी डर्टमण्डमा रोकिने छाँट छैन । उनी निरन्तर गोल गरिरहेका छन् । स्पेनिस महारथी क्लब रियल मड्रिडले उनलाई ठुलो मुल्यमा स्पेन उतार्न ईच्छुक देखिएको छ ।

५. क्रिस्टियानो रोनाल्डो (युभेन्टस, २१ गोल)
चार पटकको गोल्डेन बुट विजेता रोनाल्डोले सिजनको सुरुवातमा फिक्का देखिएपनि पछिल्लो समय लय समाएका छन् । उनी युभेन्ट्सलाई आफ्नो नेतृत्वमा पुन दोस्रो पटक सिरि एको उपाधि जिताउने अभियानमा छन् । युभेन्ट्सले रोनाल्डोबाट च्याम्पियन्स लिगमा समेत ठुलो अपेक्षा राखेको छ ।

६. लियोनल मेस्सी (बार्सिलोना, १९ गोल)
६ पटकका गोल्डेन बुटका विजेता मेस्सी यस सिजन समेत अवार्डका मुख्य दाबेदार हुन् । स्पेनिस लिगमा लिएको अग्रता र च्याम्पियन्स लिगमा उनको प्रर्दशनले यस सिजन समेत मेस्सीलाई अवार्डको मुख्य दाबेदार मानिएको छ ।
उनले गत सिजन ३६ गोल गर्दै लगातार ३ पटक गोल्डेन बुटको उपाधि जितेका थिए ।

७. जेमी भार्डी (लेस्टर सिटी, १९ गोल)
ब्रेन्डन रोडजर्स लेस्टर आएपछि क्लबले मुहार फेरेको छ । त्यसको फाईदा भार्डीले उठाएको देखिन्छ ।
इंग्ल्याण्डका स्टारको प्रर्दशन हेर्दा लाग्छ, उनी पुरानो लयमा फर्किएका छन् । प्रिमियर लिगमा उनी सन् २०१५–१६ को विरासत फर्काउन लागेको देखिन्छन् ।
८. केलियन एम्बाप्पे (पीएसजी, १८ गोल)
फ्रान्सका खेलाडी एम्बाप्पे गत सिजन मेस्सी भन्दा पछाडी परेका थिए । तर यस सिजन एम्बाप्पेले लिग वान पुरा खेल्न पाएनन् । यद्धपी उनले लिग वानको सर्वाधिक गोलकर्ताको अवार्ड प्राप्त गरेका छन् ।
९. विसम बेड येडर (मोनाको, १८ गोल)
स्पेनको सेभिल्लामा तीन गोलले भरिएको सिजन बिताएका विसम पुन लिग वान फर्किएका छन् । मोकानो फर्किएका उनले नयाँ चुनौतीमा मज्जा लिईरहेका छन् ।
मोनाकोमा गरेको प्रर्दशनले विसमलाई चाँडै युरोपका ठुलो क्लबमा देख्न सकिने बताईन्छ ।
१०. पियरिक ईम्रिक अबुमियाङ (आर्सनल, १७ गोल)
पियरिक ईम्रिक अबुमियाङ गत सिजन प्रिमियर लिगमा गोल्डेन बुट बाँडेका थिए । उनले गत सिजन २२ गोल गरेका थिए । यस सिजन समेत उनको गति कायम छ । उनी प्रिमियर लिगमा सर्वाधिक गोलकर्ताको दौडमा अगाडी छन् ।
गाबोनका अन्तराष्ट्रिय खेलाडी नयाँ सिजन फरक गन्तव्यको खोजीमा रहेका छन् । आर्सनलका गोल मेसिन अबुमियाङलाई लण्डन क्लबले भर्खरै कप्तानी जिम्मेवारी सुम्पिएको छ ।