एजेन्सी । कोरोना भाईरसको महामारीबीच सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा साल्के घरेलु मैदानमा पराजित भएको छ ।
शनिबार भएको खेलमा साल्के भेरडाआ ब्रेमेनसँग १-० गोल अन्तरले पराजित भएको हो ।
ब्रेमेनको जितमा लियोनार्दो बिटेनकोर्टले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरे ।
रेलिगेसन क्षेत्रको ब्रेमेनसँग पराजित भएसँगै साल्केले शीर्ष आठमा उक्लने मौका गुमाएको छ ।

साल्के ३७ अंक जोडेर दशौँ स्थानमा रहेको छ । ब्रेमेन २५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा होफेनहाइमले माइन्जलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
होफेनहाइमको जितमा ल्हास बेबोउले ४३ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै होफेनहाइम सातौं स्थानमा उक्लिएको छ । होफेनहाइमको ४२ अंक रहदा १५ औं स्थानको माइन्जको २८ अंक रहेको छ ।
आइनट्राख्ट फ्रान्कफुर्टले वोल्फ्सबर्गलाई २-१ ले पराजित गरेको छ ।

जितपछि १२ औं स्थानको फ्रान्कफुर्टले ३२ अंक जोडेको छ । ४२ अंक जोडेको वोल्फ्सबर्ग छैटौं स्थानमा रहेको छ ।
त्यस्तै हेर्था बर्लिनले आउग्सबर्गलाई २-० ले हराएको छ ।
जितपछि नवौं स्थानको बर्लीनले ३८ अंक जोड्दा ३१ अंक जोडेको आउग्सबर्ग १४ औं स्थानमा रहेको छ ।