एजेन्सी । इंग्लिस क्लब लिभरपुलका पूर्व खेलाडी जासन माकाटेरले फ्रान्सका युवा स्टार केलियन एमबाप्पेका लागि लिभरपुल उपयुक्त क्लब नभएको बताएका छन् ।
लिभरपुलले पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एमबाप्पे अनुबन्ध गर्ने चर्चा चलिरहेको समय जासनको फरक भनाई आएको हो ।
'पीएसजी एक अद्भुत क्लब हो । उत्कृष्ट टिम र च्याम्पियन्स लिग जित्ने क्लब हो । तर, खेलाडीहरु ठुला चुनौती चाहन्छन्,' लिभरपुलका पूर्व मिडफिल्डर जासनले भने, 'सुपरस्टारको आफ्नो अधिकार हुन्छ तर एमबाप्पे लिभरपुल आउनु उचित समय हैन ।'
फ्रान्सका विश्वकप विजेता एमबाप्पे मोनाकोबाट पीएसजी आएका थिए । पीएसजीका लागि एमबाप्पे मुख्य खेलाडी रहेका छन् ।
यस सिजन कोरोनाको कारण लिग रद्द भएपनि शीर्ष स्थानको हैसियतले पीएसजीले उपाधि जितेको थियो । पीएसजीलाई उपाधि दिलाउन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
रिपब्लिक अफ आयरल्याण्डका पूर्व खेलाडी समेत रहेका जासनले एमबाप्पे योर्गेन क्लोपका लागि उपयुक्त खेलाडी नभएको समेत बताए ।
'म भएको भए टिमो वार्नर र जाडोन सान्चोलाई हेर्थे । म पक्का छैन कि एमबाप्पे क्लोपलाई सुहाउने खेलाडी हो,' जासनले भने ।