एजेन्सी । बार्सिलोनाका मिडफिल्डर अर्टुरो भिडालको चाहना अर्जेन्टिनाको क्लब बोका जुनियर्सबाट खेल्ने भएको चिलीका मिडफिल्डर गारी मेडेलले बताएका छन् ।
रेडियो कन्टिनेन्टलसँग कुरा गर्दै मेडेलले चिलीका मिडफिल्डर भिडालले बोका जुनियर्सबाट खेल्न चाहेको दाबी गरेका हुन् ।
'भिडाल म सँग वा म बिना बोकाबाट खेल्न चाहन्छ,' बोका जुनियर्सका पूर्व खेलाडी समेत रहेका मेडेलले भने, 'उनी बोकालाई मन पराउछन् । सामाजिक संजालमा पछ्याउछन् । अर्जेन्टिना पछ्याउने र जान चाहने उ एक्लो हो ।'
इटालियन क्लब बोलोग्नाबाट खेलिरहेका मेडेलले सन् २००९ देखि ११ सम्म बोकाबाट खेलेका थिए ।
सन् २०१८ मा बायर्न म्युनिखबाट बार्सिलोना आएका भिडाल पछिल्लो समय इटालियन क्लब जाने चर्चा चलेको छ ।
उनी इन्टर जाने अनुमान लगाईएको छ । तर, चिलीका टिममेट मेडेलले भने भिडाल बोकाबाट खेल्न चाहेको खुलासा गरेका हुन् ।