एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई कर छलीको आरोप लागेको छ ।
स्पेनिस फरवार्डले कर छलेको भन्दै स्पेनिस अधिकारीले अदालतमा मुद्दा दर्ता गराएका छन् ।
उनको मुद्दाको सुनुवाई आगामी जुन ४ मा हुने बताईएको छ ।
अदालतमा दर्ता गरिएको मुद्दा अनुसार सन् २०१४ मा चेल्सी सरुवा हुँदा कोस्टाले १ मिलियन युरो भन्दा बढी राज्यलाई ठगेको आरोप छ ।
यस्तै उनले तस्बिर अधिकारवापतको १ मिलियन युरो भन्दा बढी सार्वजनिक नगरेको बताईएको छ ।
कर छलीमा दोषी पाईएमा उनलाई ६ महिनाको जेल सजाय र ५ लाख युरो जरिवाना हुनेछ ।
तर, उनले जेलमा भने बस्नु पर्ने छैन । स्पेनको कानुन अनुसार हिंसात्मक अपराध नगरेकाले २ वर्ष भन्दा कम जेल सजाय पाएमा जरिवाना तिरेपछि जेल जानु पर्दैन ।