एजेन्सी । कोरोना भाईरसको महामारीले स्थगित इंग्लिस प्रिमियर लिग फुटबल जुनको दोस्रो साताबाट सुचारु हुँदैछ ।
प्रिमियर लिगले बिहिबार लिग जुनको १७ बाट सुचारु हुने जनाएको छ । लिगको सम्पूर्ण खेलहरु बन्द रंगशालामा दर्शक बिना खेलाईनेछ ।
प्रिमियर लिग सुचारुको पहिलो दिन दुई खेल हुनेछ । जसमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ । यस्तै एस्टन भिल्लाले सेफिल्डसँग खेल्नेछ ।
कोरोनाको कारण गत मार्चबाट लिग स्थगित गरिएको छ । प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुललाई उपाधि जित्न २ जितको आवश्यकता रहेको छ ।
प्रिमियर लिगको बाँकी ९२ खेलको खेल तालिका हेर्नुहोस् ।





