एजेन्सी । कोरोना भाईरसको महामारीले स्थगित इंग्लिस प्रिमियर लिग फुटबल जुनको दोस्रो साताबाट सुचारु हुने भएको छ ।
प्रिमियर लिग जुनको १७ बाट सुचारु हुने द टेलिग्राफले जनाएको छ । तर, प्रिमियर लिगले औपचारिक रुपमा भने लिग सुचारुको मिति सार्वजनिक गरेको छैन ।
टेलिग्राफले लिग सुचारुको पहिलो दिन दुई खेल हुने जनाएको छ । जसमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ । यस्तै एस्टन भिल्लाले सेफिल्डसँग खेल्नेछ ।
कोरोनाको कारण गत मार्चबाट लिग स्थगित गरिएको छ ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुललाई उपाधि जित्न दुई जितको आवश्यकता रहेको छ । प्रिमियर लिग क्लबले टिमको प्रशिक्षण सुचारु गरिसकेको छ ।