एजेन्सी । इंग्ल्यान्डको च्याम्पियनसिप क्लब ब्लाकबर्नका एक खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
ब्लाकबर्नका मिडफिल्डर इलियट बनेटलाई कोरोनाको संक्रमण देखिएको हो ।
ब्लाकबर्न र बनेटले समेत आफुमा कोरोना देखिएको पुष्टी गरेका छन् ।
'मैले आफुलाई स्वास्थ्य र फिट महसुस गरेको छु । म समुदायमा सकारात्मक सन्देश दिन चाहन्छु,' बनेटले भनेका छन् ।
च्याम्पियनसिप क्लबका एक हजार ३० खेलाडीमा परिक्षण गर्दा ३ जनामा कोरोना देखिएको हो ।
जसमा मिडफिल्डर बन्नेट र फुलहमका दुई खेलाडी रहेका हुन् । कोरोना पोजेटिभ देखिने फुलहमका खेलाडीको नाम भने खुलाईएको छैन ।
कोरोनाको महामारीको कारण मार्च ८ बाट च्याम्पियनसिप लिग स्थगित गरिएको छ ।
तर, बाँकी सिजनको खेल जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।
यस्तै च्याम्पियनसिप क्लबले सोमबारबाट प्रशिक्षण सुचारु गर्ने बताईएको छ ।