• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सम्झनामा नेपाल !
विश्वास थापा
मंगलबार, जेठ १३, २०७७ विश्वास थापा
सम्झनामा नेपाल !
नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके । फाइल फाेटाे

काठमाडौं । नेपाली क्रिकेटले पाएको सर्वाधिक सफल प्रशिक्षक हुन्, पुबुदु दासानायके । श्रीलंकाली मूलका पुबुदुले नेपाललाई पाँच वर्ष प्रशिक्षण दिए । सन् २०११ देखि २०१६ सम्म उनले नेपालको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरे ।

उनकै नेतृत्वमा नेपालले डिभिजन ५ देखि २ सम्मको यात्रा तय गर्यो । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक टी–ट्वान्टी विश्वकपमा सहभागिता जनायो ।

सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमार्फत नेपालले टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्यो । तीन खेलमा दुई जित निकाल्दा नेपालले सनसनीपूर्ण प्रदर्शन गरेको थियो । टेष्ट राष्ट्रसँग पराजित भएकाे नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो चरणमा पुग्न असफल रह्यो । नेपालले आईसीसी प्रतियोगितामा हात परेको सबैभन्दा ठूलो सफलता त्यही हो ।

विश्वकपपछि नेपालले अन्तराष्ट्रिय क्रिकेटमा ठुलो फड्को मार्ने अपेक्षा गरिएको थियो । तर घरेलु क्रिकेटको गतिविधि विवादले घेरिएपछि सन् २०१६ मा अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बनको कारबाहि गर्यो ।

कारबाहिको केही महिना अघिमात्र नेपालको प्रशिक्षकबाट राजीनामा दिएर पुबुदु स्वदेश फिर्ता भएका थिए । पुबुदुले प्रशिक्षकको जिम्मेवारी छाडेको पाँच बर्ष बितेपनि नेपाली समर्थक र नेपाली क्रिकेटले उनलाई बिर्सिएकोे छैन । सायद पुबुदुलाई समेत नेपाल भुल्न मुस्किल पर्नेछ ।

किन पुबुदु फर्काउन चाहदैन क्यान ...

नेपाल छाडेको केही समयपछि पुबुदु अमेरिकाको मुख्य प्रशिक्षक बने । करिब ३ वर्ष काम गरे । पुबुदुले सधै आफ्ना खेलाडीलाई सहयोग गर्दै आएका छन् । प्रशिक्षक नरहे पनि उनी खेलाडीसँगको सम्पर्क छुटाउदैनन् । धेरै पटक उनीले नेपाली खेलाडीलाई सामाजिक सञ्जालबाटै टिप्स दिने गरेका छन् ।

आईतबार बेलुका भने पुबुदुले फरक रुपमा पुन नेपाली समर्थक र खेलाडी सामु देखा परे । करिब पौने आठ बजे पुबुदु फेसबुकमार्फत पूर्व राष्ट्रिय क्रिकेट टिमका खेलाडी सुनिल धमलासँग प्रत्यक्ष प्रशारणमा जोडिए । दासानायकेले एक पटक फेरी नेपाललाई सम्झिए, यादहरु ताजा बनाए ।

नेपाली क्रिकेटको विकासबारे 'टिप्स' दिन सुनिलको गरेको आग्रहलाई स्वीकार गर्दै फेसबुकमा जोडिएका पुबुदुले धेरै कुरा बताए ।

६ महिनाको लागि आएको झण्डै ६ वर्ष बित्यो !

नेपालले मुख्य प्रशिक्षकमा ६ महिनाको लागि प्रस्ताव गरेको पुबुदुले बताए । सन् २०११ को विश्वकपमा तत्कालीन क्यानका अध्यक्ष विनय राज पाण्डेले पुबुदुलाई नेपालको प्रशिक्षकको बन्न प्रस्ताव गरेका थिए ।

’क्यानडामा परिवार रहेको कारण उनीहरुलाई छोडेर आउनु वा संगसंगै लिएर आउनु भन्ने निकै चिन्ताको विषय थियो ।’ पुबुदुले भने, ’तर क्यानबाट ६ महिनाको प्रस्ताव आएको हुँदा केही महिनाको लागि हेरौ भनेर आएको बिस्तारै समय थपिँदै गयो । म आफैपनि प्रशिक्षणमा रमाउन थालें ।’

पुबुदुको पहिलो लक्ष्य एसिया कप छनोट र त्यसपछि ग्लोबल छनोट गराउने रहेको थियो । त्यो समय नेपाल टी–ट्वान्टी भन्दा ५० ओभरको खेलमा राम्रो थियो । पुबुदुले सुरुवाती समयमा प्रशिक्षण भन्दा मानसिक रुपमा खेलाडीलाई बलियो बनाए ।

नेपाललाई ग्लोबल छनोटमा पहिलो पटक पुर्याउन सफल भए । नेपाल सन् २०१३ मा टी–ट्वान्टी विश्वकप छनोट हुँदा विश्वको ध्यान नेपालतर्फ केन्द्रित बन्यो । नेपालले डिभिजन ५ देखि २ सम्मको उतार–चढाव पार गर्यो ।

'फेवरेट' नेपाल

आफुले हालसम्म प्रशिक्षण दिएको राष्ट्र मध्य नेपाल 'फेवरेट' रहेको पुबुदुले खुलासा गरे । क्यानडा, नेपाल र अमेरिकालाई प्रशिक्षण दिएका पुबुदुलाई सबै राष्ट्र उत्तिकै मन पर्छ । तर उनकै भाषामा भन्दा नेपाल भने अलि केही 'खास' छ ।

’तिन वटै देशलाई मुटु र आत्मा राखेको छु । तर तीन राष्ट्रमा छुट्टयाउनु पर्दा नेपालमै धेरै रमाए । त्यसमा दुविधा छैन ।’ पुबुदुले भने, ’सबै राष्ट्रप्रति माया रहे पनि मुटुमा नेपालको लागि छुट्टै स्थान छ ।’

टी-ट्वान्टी विश्वकप छनोट : नेपालको ...

नेपालको प्रशिक्षक बन्न चुनौती

जब नेपालले प्रशिक्षकको लागि प्रस्ताव गरेको थियो, त्यो समय पुबुदु क्यानडामा बसाई सरेका थिए । परिवार र बाल–बच्चा क्यानडामा पढ्न थालेको थिए । त्यो समय नेपाल आउने निर्णय लिन पुबुदुलाई कठिन भएको थियो ।

‘पृथ्वीको एक दिशामा क्यानडा, नेपाल अर्को दिशामा छ । परिवार छाडेर आउन गाह्रो थियो । उनीहरूको स्कुलबाट अलग गराएर श्रीलंका फर्किन भन्न समेत गाह्रो अवस्था थियो ।’ पुबुदुले सम्झिए, ‘त्यो समय मलाई अलि कठिन थियो ।’

जहाँ पनि नेपाली समर्थक !

प्रशिक्षक हुँदा पुबुदुले रुचाउने एक हिस्सा भनेकाे नेपाली समर्थकनै हुन् । कुनै पनि राष्ट्रमा खेल्न जाँदा नेपाली समर्थक उपस्थित भएको देख्दा पुबुदु अचम्मित हुन्थे ।

’एक ठुलो कुरा जुन मैले नेपालमा रुचाएको भनेको नेपाली समर्थक हो ।’ पुबुदुले भने, ’समर्थक नेपालको समर्थनमा रहनु प्रशंसा योग्य हो । अझै जुन राष्ट्रमा खेल्दा समेत समर्थक उपस्थित हुनु एक अद्भुत क्षण हो ।’

'नेपालले पाएको समर्थक एक वरदान हुन्, जो नेपालको बलियो पक्ष समेत हो ।' उनी भन्छन् । 

पारस एसोसिएटका उत्कृष्ट कप्तान

‘जब म नेपाल आएको थिए । थुप्रै क्षमतावान खेलाडी थिए । खेल्ने शैली राम्रो थियो । तर खेलाडीमा आत्माविश्वासको कमी देखिन्थ्यो । जहिल्यै खेलाडी दुविधामा देखिन्थे ।’ पुबुदुले भने ।

’मलाई लाग्छ, त्यो परिस्थिती परिवर्तन गर्न सकें । त्यसपछि खेलाडीले आफ्नो क्षमतामा विश्वास गर्न सिके र प्रदर्शन गरे । पारस जो एसोसिएटका उत्कृष्ट कप्तान हुन्, उनले समेत आफ्नो ब्याटिङमा विश्वास गरे, प्रदर्शन गरे । यस्तै अन्य युवा खेलाडी समेत अघि बढेर प्रदर्शन गर्न सके ।’ पुबुदुले थपे ।

ओडीआईमा सर्वाधिक रन बनाउने क्रिकेटर ...

विश्वकप छनोट र बर्मुडाको डिभिजन–३

पुबुदुले नेपालसँग जोडिएका रमाइलो र बिर्सन नसक्ने क्षण भनेको सन् २०१३ को टी–ट्वान्टी विश्वकप छनोट र बर्मुडामा भनेको डिभिजन–३ प्रतियोगिता रहेको बताए ।

दुबईमा भएको छनोट खेलमा अघिल्लो चरण पुग्न नेपाललाई बलिया राष्ट्रलाई पराजित गर्नुपर्ने थियो । केन्याले नेपाललाई १ सय ८२ रनको लक्ष्य प्रस्तुत गर्दा अन्तिम ओभरमा नेपाललाई १७ रन आवश्यक थियो ।

शरद भेषवाकरले पहिलो तीन बलमा तीन छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए । सो खेलबाट नेपालले प्रतियोगितामा लय लियो र अघिल्लो चरणमा प्रवेश गर्यो । उत्कृष्ट प्रदर्शन गर्दै नेपालले प्रतियोगितामा तेस्रो भयो र विश्वकपको लागि छनोट भयो ।

पारस खड्का : सफल कप्तान - Khelpati

यस्तै, डिभिजन–३ को खेलमा बर्मुडामा भएको प्रतियोगिता समेत पुबुदुका लागि बिर्सन नसक्ने क्षण बन्यो । पहिलो दुई खेलमा पराजित भएको नेपालको सम्भावना ज्यादै न्युन बनेको थियो । बाँकी तीन खेलमा जित सहित ठुलो नेट रनरेट आवश्यक थियो । अझ अमेरिकाले एक खेल हार्नुपर्ने समिकरण तय बनेको थियो ।

‘खेलमा नेपालले सानदार पुनरागमन गर्यो । तीन खेलमा ठुलो अन्तरले जित्यो । अन्तिम खेल चाँडै सकिएको थियो, प्रतिक्षा अमेरिकाको नतिजाको थियो । सोही समय अमेरिकाले समेत खेल हार्यो । हामी सबै उफ्रेर रमाइलो गर्यौ । दुई खेल हारेपछि प्रतियोगिता जित्छौ भनेर कसैले सोचेको नै थिएनौ ।’ पुबुदु भन्छन् ।

‘नेपालका लागि यस्ता धेरै क्षण छन् । यसबारे म घण्टौं कुरा गर्न सक्छु ।’ उनी थप्छन् ।

पोखरा र मःमः

पुबुदुले मन ठाउँ पोखरा रहेको बताए ।

’नेपालमा जहाँ गएपनि हिमाल देखिन्छ । सबै ठाउँ रमाइलो छ । एक रोज्दा पोखरा मन पर्यो ।’ उनले भने, ’अझ नेपालका मानिस निकै मनकारी छन् ।’ उनले आफ्नो मनपर्ने परिकार मःमः रहेको खुलासा गरे । उनले अहिले पनि आफुले मःम. मिस गर्ने गरेको बताए ।

नेपालका लागि सधै तयार 

पुबुदु नेपाली क्रिकेटको विकासबारे सधै सकारात्मक रहेको बताउँछन् । उनी सधै नेपाली क्रिकेटलाई सहयोग गर्न तयार रहेको बताउँछन् । नेपाल अहिले मुख्य प्रशिक्षक विहिन छ । क्यान प्रशिक्षकको खोजीमा छ ।

के पुदुदु नेपालको पुन प्रशिक्षक बन्न तयार छन् ?

‘नेपाल क्रिकेटलाई सहयोग गर्न सधै तयार छु । यदि नेपालले मेरो आवश्यक महशुश गर्छ भने म सधै उनीहरूका लागि तयार छु ।’ पुबुदुले भने ।

राष्ट्रिय क्रिकेट टिममा भुवनको ...

सुझाब

क्रिकेटमा नेपालको भविष्य राम्रो छ । नेपाललाई लामो ढाचाको प्रतियोगिता चाहिएको छ । टी–ट्वान्टीका घरेलु प्रतियोगिता निकै छन् । अब लामो ढाचाको प्रतियोगिता सुरु गर्नपर्छ । कम्तीमा ६–७ महिनासम्म क्रिकेट चल्नु पर्छ । अनि नेपालमा युवा खेलाडीको उत्खनन् हुन्छ ।

चुनौती

थुप्रै एसोसिएट राष्ट्रले आप्रवासी खेलाडीलाई ल्याएर आफ्नो राष्ट्रबाट खेलाउन थालेको छ । त्यसैले कमजोर मानिएका थुप्रै राष्ट्र अहिले चुनौती खडा गर्न थालेका छन् ।

नेपालले आफ्नै खेलाडी उत्पादन गर्ने भएकाले घरेलु क्रिकेटको प्रबर्द्धन गर्दै क्षमतावान युवा खेलाडीको पहिचान गर्न पुबुदु सुझाव दिन्छन् । नेपाल एसोसिएट राष्ट्र मध्य अब्बल रहेको कारण अब विरासत जोगाउन नेपाललाई मुस्किल पर्ने पुबुदु बताउँछन् ।

प्रत्यक्ष प्रशारणमा पुबुदुले करिब एक घण्टाको समय बिताए । सुनिलको अंग्रेजीको लय अलि नमिलेपछि पुबुदुले बारम्बार उनलाई प्रश्न दोहर्याउन अनुरोध गरे ।

छुट्ने बेला सुनिलले आगामी भेटमा आफूले अंग्रेजी सुधार गर्ने बाचा गरे । पुबुदुले समेत आफुले बारम्बार प्रश्न सोधेकोमा क्षमा मागे ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP