• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
संकटको बेला फुटबल रेफ्रीको राजनीति 
नमीन ढकाल
आइतबार, जेठ ११, २०७७ नमीन ढकाल
संकटको बेला फुटबल रेफ्रीको राजनीति 

काठमाडौं । विश्व कोभिड–१९ (कोरोना भाईरस) को महामारीबाट आक्रान्त छ । फुटबल क्षेत्रपनि यसबाट अछुतो छैन । एकिन तथ्याङ छैन, तर हजारौं मानिसको दैनिकी फुटबल गतिविधिमा निर्भर रहेको विश्वास गरिन्छ ।

कोरोनाले जति खेलाडी प्रभावित छन्, त्यो भन्दा बढी प्राविधिक जनशक्ति प्रताडित छन् । खेल गतिविधि ठप्प हुँदा प्रतियोगिता सञ्चालन गरेर जिविकोपार्जन गर्ने रेफ्रीहरु अझ ठुलो संकटमा परेका छन् ।

तर, महामारीको समय रेफ्रीहरुको राहतमा जुट्नुपर्ने सरोकालवाला निकाय सहयोगको नाममा राजनीतिकरण गरिरहेका छन् । कोरोना महामारीको समय समेत रेफ्री संघभित्रको अन्तरसंघर्ष राहत वितरणमा देखिएको छ । संघ भित्रका दुवै गुटका नेताहरु महामारीको समय आ–आफ्नो प्यानलका रेफ्रीको अनुहार हेर्दै राहत बाँड्न प्रतिस्पर्धा गरिरहेका छन् ।

बैशाख पहिलो साता नेपाल फुटबल रेफ्री संघले समस्यामा परेका रेफ्रीलाई सहयोग गरेको थियो । बुद्धि गुरुङको अध्यक्ष रहेको संघले सुरुवाती चरणमा ४ जिल्लाका १० रेफ्रीलाई ४ हजारका दरले सहयोग गर्यो । रेफ्री संघले हालसम्म १७ जनालाई सहयोग गरेको बताएको छ । अध्यक्ष गुरुङले सहयोग आवश्यक परेमा अन्य रेफ्रीले संघका महासचिव लव खत्री, कोषाध्यक्ष शैलेश जोशी र कार्यालय सचिव रोजेन श्रेष्ठलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

संघको सहयोग लगत्तै सुरेन्द्र सिख्राकार नेतृत्वको अर्को गुटले जेठ पहिलो साता दुई रेफ्रीलाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालबाट जानकारी गरायो ।

‘अहिलेसम्म २ जनालाई प्रतिब्यक्ति १० हजारका दरले सहयोग गरिसकेका छौं । अरु समस्यामा हुनुहुन्छ भने सम्पर्क गर्नुहोला । नाम गोप्य रहन्छ ।’ सिख्राकारले सामाजिक सञ्जालमा लेखेका छन् ।

सिख्राकारले मोरङका एक रेफ्रीलाई पनि १० हजारका दरले सहयोग गरेको खेलपाटीलाई बताए । सिख्राकारले आवश्यक सहयोग लिन आफ्ना प्यानलका बलराम थापा, किरण गिरी, गजेन्द्र मान सिंह र दिलिप रजकको नाम र सम्पर्क नम्बर ‘कमेन्ट’मा लेखेका छन् ।

Image may contain: 11 people, people smiling, indoor

एन्फामा रेफ्री विवाद पुरानै हो । र यो नसुल्झने विवाद जस्तै देखिएको छ । एन्फामा नयाँ नेतृत्व आएको दुई वर्ष बितेपनि रेफ्री विवाद समाधान हुन सकेको छैन । एन्फाको कार्यसमितीले समेत निर्वाचित पदाधिकारीलाई रेफ्री कमिटीको जिम्मेवारी नसुम्पिदा रेफ्रीभित्र पटक पटक विवाद देखिने गरेको छ । रेफ्री संघको अध्यक्ष पदमा पराजित ब्यक्तीलाई रेफ्री कमिटीको जिम्मेवारी दिदाँ विवाद बढ्दै गएको सरोकारवाला व्यक्ति बताउँछन् ।

कोरोना महामारीको समय समेत संघ र कमिटी दुवैले आ–आफ्नो प्यानलका रेफ्रीलाई समर्थन र सहयोग गरेका छन् ।

एन्फाले केन्द्रिय सदस्य रविन्द्र नाथ कोजुको संयोजकत्वमा रेफ्री कमिटी गठन गरेको छ । जसमा नेपाल फुटबल रेफ्री संघका अध्यक्ष समेत रहेका बुद्धि गुरुङ, रेफ्रि संघका उपाध्यक्ष गजेन्द्र मान सिंह, संकटा क्लबका पुर्व महासचिव तथा हालका कार्यबाहक अध्यक्ष सुरेन्द्र सिख्राकार र बलराम थापा सदस्य रहेका छन् ।

एन्फाले रेफ्री विवाद मिलाउने भन्दै निर्वाचित प्यानलबाट २ र पराजित प्यानलबाट २ जनालाई कमिटीमा राखेको छ । गुरुङ र सिंह निर्वाचित र थापा र सिख्रकार (निर्वाचनमा थापाका सहयोगी) पराजित प्यानलका रहेका छन् ।

बलराम थापा उनै ब्यक्ति हुन्, जो एन्फा फुटबल रेफ्री संघको निर्वाचनमा बुद्धि गुरुङसँग पराजित भएका थिए । निर्वाचनमा गुरुङसंग ३४–१२ मतले पराजित भएपनि पुर्व रेफ्री सुरेन्द्र सिख्राकारको सहायतामा थापाले रेफ्री कमिटीमा प्रवेश पाएको जानकारहरु बताउँछन् ।

एन्फा महासचिव समेत रहेका इन्द्रमान तुलाधर संकटा क्लबका अध्यक्ष हुन् । सिख्राकार संकटा क्लबको कार्यबाहक अध्यक्ष छन् । तुलाधरकै सहयोगमा सिख्राकारले थापालाई कमिटीमा झिकाएको आरोप लाग्दै आएको छ ।

रेफ्री संघका अध्यक्ष बुद्धि गुरुङ संघले अप्ठ्यारोमा परेका रेफ्रीलाई सहयोग गरेको र अन्य रेफ्रीले सहयोग गरेको विषय आफुलाई थाहा नभएको बताउँछन् ।

‘संस्थागत रुपमा अप्ठ्यारोमा परेकालाई सहयोग गरेका हौ । अरु व्यक्तिगत रुपमा गएको हुनुपर्छ ।’ उनले खेलापटीसँग भने ।

अध्यक्ष गुरुङले दुबै प्यानल रहेको कमिटीमा कुनै छलफल नभएको भन्दै संघले संस्थागत सहयोग अघि बढाएको बताए ।

‘संयोजकले केही भन्नु भएको छैन । कमिटीमा कुनै छलफल भएको छैन ।’ उनले भने ।

फरक प्यानलको नेतृत्व गरिरहेका सिख्राकारले दुवै पक्षले आ–आफ्नो तरिकाले अघि बढ्दा विवाद जस्तो देखिएपनि ब्यक्तिगत रुपमा गरेको सहयोगलाई नकरात्मक रुपमा नहेर्न आग्रह गरे । ‘बाहिरबाट हेर्दा बिवाद जस्तो देखिएको छ । ब्यक्तिगत पैसा दिएर सहयोग गरेका हौं । संघसँग तुलना गरेका हैनौ ।’ उनले भने ।

पूर्व फिफा रेफ्री सिख्राकारले रेफ्रीलाई सहयोग गर्न आफुहरुले पहिल्यै योजना ल्याएको दाबी गरे ।

‘सुरुमा हामीलेनै सहयोग गरौ भनेर योजना बनाएका हौ । हामीले २–४ हजारले अलि पुग्दैन भनेर धेरै सहयोग गर्ने सोच बनायौ । बाहिर ल्याएनौ । उहाँहरुले चाँडै गर्नुभयो । त्यसैले पनि हामी ढिला हुन पुगेका हौं ।’ उनले भने ।

सिख्राकारले रेफ्री कमिटी सक्रिय नभएका कारण ब्यक्तिगत रुपमा सहयोग गर्न पुगेको बताए । ‘रेफ्री कमिटी सक्रिय छैन । संयोजक सम्पर्क बाहिर हुनुहुन्छ । फेरी केही साथीलाई सहयोग गर्दा एन्फाबाट स्विकृत लिनुपर्छ । संकटको समय झन्झटको बाटो नगएर ब्यक्तिगत रुपमा सहयोग गरेका हौैं ।’ उनले भने ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP