शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

चुनावी प्रतिशोध साँधेर कारबाही – थापा

बुधबार, ०७ जेठ २०७७नमीन ढकाल
चुनावी प्रतिशोध साँधेर कारबाही – थापा
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा निलम्बनको कारबाहीमा परेका ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले पुर्वाग्रही तरिकाले कारबाही गरिएको बताएका छन् ।

एन्फाको निलम्बनबारे खेलपाटीसँग बोल्दै थापाले आफुलाई चुनावी प्रतिशोध साँधेर पुर्वाग्रही तरिकाले कारबाही गरिएको आरोप लगाए ।

‘चुनावी प्रतिशोध साँधेर कारबाही भयो । निलम्बन पुर्वाग्रही तरिकाले गरिएको छ ।’ झम्सिखेल युथ क्लबका प्रशिक्षक तथा कोषाध्यक्ष थापाले भने ।

एन्फा दिवसको दिन भाईबर ग्रुपमा वरिष्ठ उपाध्यक्षको शुभकामना सन्देशमा नकारात्मक टिप्पणी गरेको भन्दै एन्फाले थापासंग ४८ घण्टे स्पष्टिकरण सोधेको थियो ।

थापाले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै एन्फाले जेठ ५ गते आगामी साधारण सभासम्मका लागि निलम्बन गरेको छ ।

स्पष्टिकरण चित्त बुझ्दो नभएको बताउँदै एन्फाले दायित्वको पालना नगरी जानी जानी नियतपुर्वक आफ्नो पुर्ववत जवाफ दिएको भन्दै थापालाई निलम्बन गरिएको बताएको छ ।

एन्फाले फुटबल खेल र खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुन नपाउने गरी थापालाई साधारण सभासम्मका लागि अस्थायी निलम्बन गरेको हो ।
तर खेलपाटीसँग बोल्दै थापाले एन्फाले गरेको निलम्बन बिधान विपरित भएको बताएका छन् ।

‘एन्फाको निलम्बन विधान विपरित छ । निलम्बन कार्यसमितीले गर्न सक्छ । सचिवालयनले हैन ।’ उनले दाबी गरे ।

उनले जिल्ला फुटबल संघको नेतृत्वको पद एन्फाले टिका लगाएर नदिएको भन्दै कारबाही मान्य नहुने बताए ।

‘विधान अनुसार जाने हो भने म प्रजातान्त्रिक पद्धतीबाट अध्यक्ष भएर आएको हो । एन्फाले टिका लगाएर अध्यक्ष पद दिएको हैन । मलाई हटाउन ललितपुरका क्लबले चाहे सक्छन्, एन्फाले हैन ।’ ललितपुर जिल्ला अध्यक्ष थापाले भने ।

दुई बर्षअघि एन्फा निर्वाचनमा थापा वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको प्यानलबिरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । मणी कुँवर प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी कार्यसमिति सदस्यमा पराजित भएका थिए ।

केन्द्रिय निर्वाचनमा कर्माछिरिङ शेर्पा नेतृत्वको प्यानलले विजयी हासिल गरेपछि ललितपुर जिल्ला फुटबल संघ सहित चार जिल्ला वर्तमान एन्फा नेतृत्वबिरुद्ध लागेका छन् ।

थापा सहितका चार जिल्ला फुटबल संघले एन्फामा चरम भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरोकारवाला संस्थामा उजुरी समेत दिएका थिए । तर अख्तियारले प्रमाण नपुग्ने भन्दै एन्फाको वर्तमान कार्यसमितिलाई क्लिन चिट दिएको थियो ।

एन्फा निर्वाचन लगत्तै विभिन्न आरोप लगाउँदै विरोधमा उत्रिएका चारै जिल्ला फुटबल संघलाई एन्फाले कारबाहीको तयारी गरेको छ ।

एन्फा निलम्बनमा परेका थापाले आफुलाई गरिएको कारबाहीको निर्णय देखाउन समेत चेतावनी दिएका छन् ।

‘एन्फाले बिधान अनुसार कार्य समितीले मलाई निलम्बन गर्न सक्छ । जसको निर्णय एन्फाले देखाओस् । मलाई कारबाही गर्दा अनुशासन कमिटीको भुमिका रहन्छ । सचिवालय पुग्यो होला तर कार्यसमितीबाट पास भएर कारबाही हुनुपर्ने हो ।’ थापाले भने ।

उनले आफुमाथि रचिएको षड्यन्त्रबिरुद्ध राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाकै अपिल कमिटीमा समेत निवेदन दिने बताएका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो