ग्वार्डीवाला सर्वोकृष्ट प्रशिक्षक

एजेन्सी । म्यानचेस्टर सिटीका मिडफिल्डर बेर्नार्डो सिल्भाले स्पेनिस प्रशिक्षक पेप ग्वार्डीवाला सर्वोकृष्ट प्रशिक्षक मध्येको एक भएको बताएका छन् ।
प्रशिक्षक ग्वार्डीवाला सिटी आएपछि क्लबमा ठुलो प्रभाव छाडेको बताउँदै सिल्भाले आफुले देखेको प्रशिक्षक मध्ये उनी सर्वोकृष्ट भएको बताए ।
'उहाँ अहिलेका सर्वश्रेष्ठ प्रशिक्षकहरु मध्ये एक हुनुहुन्छ। उहाँलाई हामीले पाउनु ठुलो कुरा हो ,' पोर्चुगिज मिडफिल्डर सिल्भाले भने, 'मलाई र मेरा टोलीका साथीहरूलाई थाहा छ । म्यानचेस्टर सिटीमा उनको प्रभाव विशाल छ ।'
सन् २०१६ मा सिटी आएका ग्वार्डीवालाले क्लबका लागि २ प्रिमियर लिग, ३ ईएफएल कप, २ कम्युनिटी शिल्ड र १ एफए कप जितेका छन् ।
सिटी आउनु अघि ४९ वर्षे ग्वार्डीवालाले बार्सिलोना र वायर्न म्युनिखमा ठुला सफलता हात पारेका थिए ।
सिल्भाले ग्वार्डीवाला आएपछि आफुले समेत धेरै कुरा सिकेको बताए ।
'व्यक्तिगत भन्नु पर्दा उहाँबाट मैले मात्र धेरै कुरा सिक्न पाएन । सबै टिमका साथीहरुले पाए । जब म सिटी आए,' उनले भने ।
सन् २०१७/१८ को सिजन सिटीले कीर्तिमानी १०० अंक जोड्दै प्रिमियर लिगक उपाधि जितेको थियो ।
तर, यस सिजन भने सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।
कोरोना भाईरसको महामारीपछि स्थगित लिगमा सिटी शीर्ष स्थानको लिभरपुल भन्दा २५ अंकले पछि रहेको छ ।