एजेन्सी । क्लब ब्रुगलाई बेल्जियमको लिग च्याम्पियन घोषणा गरिएको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण अबरुद्ध लिग रद्ध गर्दै क्लब ब्रुगलाई लिग च्याम्पियन घोषणा गरिएको हो ।
क्लब ब्रुगले लिगमा १५ अंकको अग्रता लिएको थियो । दोस्रो स्थानका जेन्ट भन्दा क्लब ब्रुगको फराकिलो अन्तरको अग्रता छ । सिजन अबरुद्ध बन्नु अघि लिगमा मात्र एक चरणको खेल बाँकी थियो ।

क्लब ब्रुगले १७ लिग उपाधि प्राप्त गर्न सफल भएको छ । उसले पछिल्ला ५ सिजनमा तेस्रो पटक लिग उापधि जितेको हो ।
लिग च्याम्पियन घोषणा भएसंगै क्लब ब्रुग अर्को सिजन सोझै च्याम्पियन्स लिगमा छनोट हुनेछ ।
युरोपमा लिग रद्ध गर्ने बेल्जियम पहिलो देश बनेको छ । तर निर्णयलाई शुक्रबार बस्ने क्लबहरुको साधारण सभाले पारित गर्नुपर्नेछ ।
बैठकले वासल्याण्ड बेवरेनलाई रेलिगेशनमा झार्ने निर्णय गरेको छ । जेन्ट भने अर्को सिजन च्याम्पियन्स लिगमा प्रवेश गर्नेछ ।