शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुदको बजेट घट्ने संकेत

सोमबार, २९ बैशाख २०७७हिम बिक्रम केसी
खेलकुदको बजेट घट्ने संकेत
Loading ad...
mustang rice ad

काठमाडौं । आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट घट्ने देखिएको छ ।

सरकारको प्राथमिकता र पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नयाँ आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट घट्ने देखिएको हो ।

सरकारले आईतबार संघीय संसदका दुवै सदनमा नयाँ आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकता प्रस्तुत गर्दै खेलाडीलाई प्रोत्साहन र खेलकुद पूर्वाधार निर्माणलाई प्राथामिकता दिने बताएको थियो ।

राष्ट्रिय योजना आयोगले युवा तथा खेलकुद मन्त्रालयलाई नयाँ आर्थिक वर्षका लागि बजेट पेश गर्न १ अर्ब ६१ करोडको सिलिङ प्रस्ताव गरेको थियो ।

तर पछिल्लो समय कोरोनाका कारण अर्थतन्त्र कमजोर बनेका कारणले उपलब्ध गराएको सिलिङमा १५ प्रतिशत रकम घटाएर बजेट प्रस्ताव गर्न सबै मन्त्रालयलाई आयोगले निर्देशन दिएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयले आन्तरिक लबिङ गर्दै उपलब्ध सिलिङमा करिब ५० करोड रुपैयाँ बढाएर बजेट प्रस्ताव गरेको मन्त्रालयका एक अधिकारीले खेलपाटीलाई बताए ।

‘सिलिङनै १ अर्ब ६१ करोडको थियो । कोरोनाका कारण १५ प्रतिशत बजेट घटाउन निर्देशन आएको थियो । मन्त्रालयले लबिङ गर्दै प्राप्त सिलिङमा थप ५० करोड बजेट थप्न सफल भएको छ ।’ उनले भने ।

राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई दिएको १ अर्ब ६१ करोड सिलिङको विवरण यसअघिनै खेलपाटीले प्रस्तुत गरेको थियो ।

गत आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयको बजेट घटेर आएको थियो । सरकारले गत वर्ष युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसअघि सरकारले आर्थिक बर्ष ०७५÷७६ मा ४ अर्ब १८ करोड रुपैयाँ रकम मन्त्रालयलाई बिनियोजन गरेको थियो ।

बजेट बढाउन लबिङ

सरकारले अघिल्लो आर्थिक वर्ष भन्दा आधा बढी रकम घटाएर बजेट प्रस्तुत गर्ने तयारी गरेपछि युवा तथा खेलकुद मन्त्रालयले आन्तरिक लबिङ बढाएको छ । मन्त्रालय स्रोतका अनुसार करिब १ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेर मन्त्रालयले थप रकमका लागि आन्तरिक लबिङ गरिरहेको छ ।

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सफल आयोजना र नतिजालाई हेरेर खेलकुदमा बजेट बढाउनुपर्ने मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तर्फ छ ।

मन्त्रालय स्रोतका अनुसार युवा तथा खेलकुद मन्त्री सहितको टोलीले कम्तिमा अघिल्लो आर्थिक वर्ष जतिको बजेट खेलकुदमा दिनुपर्ने भन्दै लबिङ गरिरहेका छन् ।

‘खेलकुदमा थप ३ अर्बको बजेट विनियोजन हुनुपर्ने लबिङ छ । त्यसमा एक अर्बमात्र थप्न सके ठुलो सफलता ठहरिनेछ ।’ मन्त्रालयका एक अधिकारीले भने ।

सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै १७ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको थियो । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारीले बजेटको आकार अघिल्लो बर्षभन्दा समेत कम हुने बताईएको छ ।

सरकारले नयाँ आर्थिक वर्षका लागि प्रस्तुत गर्न लागेको बजेटको सिद्धान्त र प्राथामिकतामाथिको छलफल संसदमा चलिरहेको छ । सोही सिद्धान्त र प्राथामिकताका आधारमा सरकारले आफ्नो नीति तथा कार्यक्रम संसदमा पेश गर्नेछ ।

संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा रहेर सरकारले नयाँ आर्थिक वर्षको बजेट जेठ १५ गते संसदमा प्रस्तुत गर्नेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो