एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले प्रतिद्वन्द्वी टिम लिभरपुलका सेन्टर ब्याक भिर्गिल भान डाइक सर्वाधिक कठिन डिफेन्डर भएको बताएका छन् ।
अर्जेन्टिनी फरवार्ड अग्युरोले डाइकको शारीरिक पक्ष बलियो भएको कारण उनीविरुद्ध मैदानमा खेल्नु कठिन भएको बताए ।
'हामी सबैलाई थाहा छ । डाइक विश्वको उत्कृष्ट सेन्टर ब्याकमधे एक हुन् । उनी बलिया छन्, अग्ला छन् । उनको शरीर अविश्वसनीय छ,' अग्युरोले भने, 'फेस टु फेस उ बलिया छन् । उ आफ्नी शरीरसँगै खेल्छन् । उ अग्लो छ उसको दुवै खुट्टा लामो छ ।'
डच खेलाडी डाइक सन् २०१८ मा लिभरपुल आएका हुन् । उनले लिभरपुलबाट गत सिजन च्याम्पियन्स लिग जितेका थिए ।

गत वर्ष फिफा वर्ष खेलाडी घोषित डाइकले गत सिजन उत्कृष्ट खेलेका थिए ।
अग्युरोले डाइक हेर्दा धरै छिटो नदेखिएपनि उनी सबै क्षेत्रमा पुग्ने गरेको र स्मार्ट डिफेन्डर भएको बताए ।
'उनी हेर्दा छिटो देखिदैनन् । तर, उ छिटो छन् । किनकी उनको लामो खुट्टा छ र सबै ठाउमा पुग्छन्,' अग्युरोले थपे, 'डिफेन्स गर्न उनी स्मार्ट छन् । उ होसियार र धैर्यवान छन् । त्यसैले धेरै स्ट्राइकरलाई गार्हो बनाऊछन् '