एजेन्सी । चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले मिडफिल्डर एनगोलो कान्टे विश्वको उत्कृष्ट खेलाडी मध्येको एक भएको बताएका छन् ।
बिटी स्पोर्ट्ससँग कुरा गर्दै लाम्पार्डले विश्वकप विजेता कान्टे उत्कृष्ट रहेको र चेल्सीका लागि महत्वपूर्ण खेलाडी भएको बताएका हुन् ।
'पक्कै पनि हामी कान्टे टिममा फर्किएको हेर्न चाहन्छौं । उनी विश्वका उत्कृष्ट खेलाडीमा एक हुन् । चेल्सीको प्रशिक्षक हुनु अघि उनको बारे मलाई थाहा छ । जसको कारण म उनीसँग काम गरिरहेको छु ।'
सन् २०१८ मा फ्रान्सले विश्वकपको उपाधि जित्दा टोलीमा रहेका कान्टेले यस सिजन भने चोटले गुज्रिरहेका छन् । तर, उनी चाडै टिममा फर्किने प्रशिक्षक लाम्पार्डको विश्वास छ ।
'यस सिजन उनले ४० प्रतिशत खेलेका छन् । यो उनको र हाम्रो लागे कठिन हो । उनले हामीलाई धेरै मिस गरिरहेको छ,' लाम्पार्डले थपे ।
२९ वर्षीय मिडफिल्डर कान्टेले चेल्सी र लेष्टर सिटीबाट प्रिमियर लिग जितेका छन् । पछिल्लो चार सिजन उनले ३४ बढी खेल खेलेका थिए ।
यस्तै लाम्पार्डले खेलाडीको लागि पहिलो प्राथमिकता स्वास्थ्य रहेको समेत बताए । खेलाडीको मानसिक र शारीरिक स्वास्थ्यका लागि आफु सधै लागिपर्ने समेत बताए ।