कोरोना देखिएपनि कोलनकाे प्रशिक्षण निरन्तर
आइतबार, बैशाख २१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । तीन जना कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएपनि जर्मन क्लब कोलनले टिमको प्रशिक्षणलाई निरन्तरता दिएको छ ।
बुन्डेस लिगा क्लब कोलोनको प्रशिक्षणमा सहयोग गरिरहेका तीन स्टाफमा बिहिबार कोरोनाको संक्रमण देखिएको थियो ।
तर, क्लबले अभ्यासलाई भने निरन्तरता दिएको एपीले जनाएको छ । क्लबले कोरोना संक्रमितको नाम भने सार्वजनिक गरेको छैन ।
कोलोनका कर्मचारीमा कोरोना देखिएपछि सिजनको बाँकी खेल सुचारु गर्ने तयारी गरिएकाे जर्मनको शीर्ष डिभिजन लिग अनिश्चित बन्ने देखिएको छ ।
कोरोनाको महामारीको कारण गत मार्चबाट लिग स्थगित गरिएको छ । बुन्डेस लिगाले लिग आगामी मे बाट सुचारु गर्ने तयारी गरेको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


