एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व स्टार ग्यारी नेभिलले क्रिस्टियानो रोनाल्डोको चाहना पेलेको कीर्तिमान भंग गर्नु रहेको बताएका छन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै नेभिलले रोनाल्डो निकै महत्वकांक्षी खेलाडी भएको र उनको योजना पेलेको कीर्तिमान तोड्नु रहेको बताए ।
विश्व फुटबलको लिजेण्ड पेलेले खेल करियरमा १२ सय बढी गोल गरेका छन् । उनले ब्राजिलको लागि तीन पटक विश्वकप जितेका छन् ।
'उनी विश्वको सबैभन्दा उत्कृष्ट बन्ने योजनामा थिए,' नेभिलले भने, 'मलाई लाग्छ पेलेको रेकर्ड आफ्नो बनाउने उसको योजना छ । उ सबैको लागि महान बन्न चाहन्छ । उनको यो मात्र उदेश्य हो ।'
३५ वर्षे युभेन्ट्सका फरवार्ड रोनाल्डोले पाँच पटक बालोन डी'ओर अवार्ड जितेका छन् । उनले ३ प्रिमियर लिग, २ ला लिगा र पाँच पटक च्याम्पियन्स लिग जितिसकेका छन् । युभेन्ट्सबाट सिरी 'ए' समेत जितिसकेका छन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डोले देशका लागि युरोकप र नेसन्स लिगको उपाधि जिताईसकेका छन् ।
यस्तै नेभिलले रोनाल्डो व्यक्तिगत उपाधिमा रमाउने समेत बताए ।
'मैले सँगै खेलेका खेलाडी मध्ये रोनाल्डो व्यक्तिगत ट्रफी उसका लागि महत्वपूर्ण भएको कुरा सार्वजनिक रुपमा भन्थे । उनी हरेक वर्ष उत्कृष्ट हुन् चाहन्थे,' नेभिलले भने ।