एजेन्सी । इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले राइट ब्याक किइरन ट्रिपियरलाई एफएको नियम उलंघन गरेको आरोप लगाएको छ ।
स्पेनिस क्लब सरुवा हुँदा ट्रिपियरले संघको बेटिङ नियम उलंघन गरेको एफएले जनाएको छ ।
इंग्लिस क्लब टोटेनहमबाट ट्रिपियर गत जुलाईमा एट्लेटिको मड्रिड आएका थिए । ट्रिपियरलाई एट्लेटिकोले २१ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
उक्त सरुवामा २९ वर्षे डिफेन्डरले नियम मिचेको एफएको आरोप छ ।
एफएले ट्रिपियरलाई स्पष्टीकरण दिन समेत भनेको छ । एफएले उनलाई मे १८ सम्म स्पष्टीकरण दिन भनेको छ ।

ट्रिपियरले भने एफएको अनुसन्धानको पालना गरेको र आफुले आर्थिक लाभ हुने कुनैपनि गतिविधि नगरेको बताए ।
सन् २०१८ को विश्वकपमा टिममा रहेका ट्रिपियरले इंग्ल्यान्डका लागि १९ खेल खेलिसकेका छन् ।