एजेन्सी । इंग्लिस क्लब लिभरपुलका पूर्व खेलाडी डाइटमान हामनले क्लबलाई टिमो वर्नरको आवश्यकता नभएको बताएका छन् ।
आरबी लिपजिगका स्ट्राइकर वर्नरलाई लिभरपुलले अनुबन्ध गर्ने चर्चा चलिरहदा हामनले भने उनी क्लबका लागि उपयुक्त खेलाडी नभएको बताएका हुन् ।
लिभरपुलमा मोहमद सलाह, रोबर्टो फिर्मिनो, साडियो माने जस्ता खेलाडी भएको कारण वर्नरको आवश्यकता नभएको उनको दाबी थियो ।
'लिभरपुल र जोर्गेन क्लोप मन पाउने कारण सायद उनी क्लबमा जोडिन चाहन्छन । यदि लिभरपुलले उत्कृष्ट तीन अग्रपंक्तिका खेलाडी पाए भने फराकिलो खेल्नुपर्छ । फुल ब्याकहरु ओभर ल्यापमा गएपनि,' उनले भने, 'सलाह र माने ट्रिकी खेलाडी छन् । धेरै कुशल छन् । तर वर्नर त्यस्तो खेलाडी हैनन् ।'
जर्मनीका फरवार्ड वर्नेरले यस सिजन उत्कृष्ट खेलिरहेका छन् । २४ वर्षीय फरवार्डले यस सिजन २५ खेलमा २१ गोल गरेका छन् । जसको कारण लिभरपुलले उनलाई अनुबन्ध गर्ने तयारी गरेको हो ।
जर्मनीका पूर्व मिडफिल्डर समेत रहेका हामनले लिभरपुलको अहिले टिम अन्य टोलीभन्दा धेरै उत्कृष्ट भएको कारण वर्नर टिमका लागि कम प्रभावकारी हुने समेत बताए ।