एजेन्सी । लण्डन क्लब चेल्सीले विदेशमा रहेका आफ्ना खेलाडीलाई लण्डन फर्कन आग्रह गरेको छ ।
स्टामफोर्डब्रिज क्लबले स्वदेश फर्किएका खेलाडीलाई आईतबारसम्म लण्डन फर्कन आग्रह गरेको हो ।
ब्राजिली खेलाडी विलियन सहित धेरै खेलाडी कोरोना भाईरसको संक्रमणका बीच स्वदेश फर्किएका थिए । कोरोना भाईरसको संक्रमणको डरले मार्च १३ सम्म लिग स्थगित भएपछि धेरै खेलाडी स्वदेश फर्किएका थिए ।
तर प्रिमियर लिग क्लबले शुक्रबार भिडियो कन्फरेन्समार्फत लिग पुन सुरु गर्ने बिषयमा औपचारिक निर्णय गर्दैछन् ।
सोही कारण चेल्सीले सामान्य रुपमा अभ्यास सुरु गर्ने तयारी गरेको छ ।
आईतबारसम्म लण्डन फर्कन नसक्ने खेलाडीका लागि चेल्सी केही लचक बनेको छ । कोरोना भाईरसको कारण लण्डन फर्कन यात्रामा केही समस्या पर्न सक्ने बताईएको छ ।
ब्राजिली मुलका ईमर्सन र अमेरिकी मिडफिल्डर क्रिस्टियन पुलिसिक आफ्ना देशबाट फर्कने विश्वास गरिएको छ ।
बेलायत सरकारले आफ्नो देश फर्कने हरेक व्यक्तिलाई १४ दिन एकान्तवासमा बस्नुपर्ने नियम बनाएको छ । लण्डन फर्कने खेलाडीले सरकारी सुझावको पालना गर्नुपर्ने बताईएको छ ।
आर्सनल, वेस्ट ह्याम र ब्राईटन सहित केही क्लबले खेलाडीलाई व्यक्तिगत रुपमा प्रशिक्षण गर्नका लागि अनुमती दिएका थिए। तर चेल्सीले आफ्ना खेलाडीलाई सो सुविधा दिएको छैन ।