एजेन्सी । प्रशिक्षक मौरिसियो पोचेटिनोले आफु मर्नु अघि पुन: एक पटक टोटेनहमको प्रशिक्षक बन्न चाहेको बताएका छन् ।
बिटी स्पोर्ट्ससँग कुरा गर्दै प्रशिक्षक पोचेटिनोले आफु टोटेनहम फर्कन चाहेको खुलासा गरेका हुन् ।
पाँच वर्ष बढी टोटेनहम हेरेका पोचेटिनो गत सिजन बर्खास्तमा परेका थिए । तर, पोचेटिनोले अझै आफ्नो हृदयमा टोटेनहम रहेको बताए ।
'टोटेनहम विशेष छ। क्लबमा समर्थकहरु खास छन् । एक दिन टोटेनहम फर्कन चाहन्छु,' पोचेटिनोले भने, 'सायद ५ वर्ष, १० वर्ष तर मर्नु भन्दा अगाडी टोटेनहमको व्यवस्थापकको रुपमा उपाधि जित्न चाहन्छु ।'
टोटेनहमले पोचेटिनोलाई सन् २०१९ को नोभेम्बरमा बर्खास्त गरेको थियो । पोचेटिनोलाई बर्खास्त गरेर क्लबले जोसे मोरिन्होलाई मुख्य प्रशिक्षक चयन गरेको थियो ।
अर्जेन्टिनाका प्रशिक्षक पोचेटिनोले क्लबलाई गत सिजन च्याम्पियन्स लिगको फाइनल पुर्राएका थिए । तर, फाइनल लिभरपुलसँग पराजित भएको थियो ।
पछिल्लो समय न्युकासलले पोचेटिनोलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने तयारी गरेको छ ।