एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी-१० क्रिकेट टिम सिन्धिसका मालिक दिपक अग्रवाललाई दुई वर्ष क्रिकेटमा प्रतिबन्ध लगाएको छ ।
आईसीसीले भ्रष्टाचारसम्बन्धि आईसीसीको नियम उलंघन गरेको भन्दै अग्रवाललाई क्रिकेट गतिविधिमा दुई वर्षको प्रतिबन्ध गरेको जनाएको छ ।
अग्रवाल सन् २०१८ को टी-१० लिगमा सिन्धिसको मालिक मध्येका एक रहेका थिए । त्यस सिजन मात्र १ जित निकालेको सिन्धिस पुछारमा रहेको थियो।
अग्रवाल आगामी २०२१ को अक्टोबर २ पछि भने प्रतिबन्धबाट मुक्त हुने आईसीसीले जनाएको छ । यस अघि उनलाई ६ महिना निलम्बन गरिएको थियो ।
आईसीसीले उनको प्रतिबन्धको समय निलम्बन भएबाट सुरु हुने जनाएको छ ।