एजेन्सी । भारतीय क्रिकेट टिमका स्पिनर युजभेन्द्र चाहलले अष्ट्रेलियाका स्टिभ स्मिथ भन्दा पाकिस्तानका शोएब मलिक स्पिनरविरुद्ध उत्कृष्ट ब्याट्सम्यान भएको बताएका छन् ।
चाहलले इन्स्टाग्राम लाइभमा बोल्दै स्पिनरविरुद्ध राम्रो ब्याटिङ गर्न स्मिथ भन्दा मलिक अगाडी रहेको बताएका हुन् ।
गत संस्करणको एसिया कप सम्झदै चाहलले मलिकको ब्याटिङले आफुलाई प्रभावित पारेको बताएका हुन् ।
'एसिया कपको दैरान शोएब मलिकले स्पिनरविरुद्ध खेल्ने शैलीले मलाई प्रभावित पारे,' चाहलले भने , 'उनले राम्रो बलमा समेत एक रन निकालिरहेका थिए । उनीसँग धेरै अनुभव छ र मलाई लाग्छ स्पिनरविरुद्ध स्टिभ स्मिथ भन्दा मलिक उत्कृष्ट छन् ।'
एसिया कपमा भारतका चाहल र कुलदिपले स्पिन बलिङ सम्हालेका थिए । भारतले खेलेको पाकिस्तानविरुद्ध खेलमा यी दुई खेलाडी कशिलो बलिङ गर्दै आफ्नो टिमलाई जित दिलाउन ठुलो भूमिका खेलेका थिए ।
तर पाकिस्तानका मलिकलाई भने यी दुई खेलाडीले रोक्न सफल भएका थिएनन् । उनले भारतविरुद्धको दोस्रो खेलमा ७८ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
चाहलले विश्वका उत्कृष्ट स्पिनविरुद्ध खेल्न ब्याट्सम्यानमा विराट कोहली र रोहित शर्मा रहेको बताए ।
यस्तै उनले न्युजिल्याण्डका केन विलियम्सन स्पिनरको दिग्गज रहेको बताए । विलियम्सनले अन्तिम समयमा ब्याट घुमाउने हुँदा स्पिनरविरुद्ध उनले खुब रन बनाउने गरेको बताए ।