एजेन्सी । कोरोना भाईरसको महामारीको कारण लकडाउन भएपछि भारतमा रहेका न्युजिल्याण्डका पूर्व क्रिकेटर माइक हिसन एक महिनापछि स्वदेश फर्किएका छन् ।
भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) टिम रोयल च्यालेन्जर्स बैंगलोरका प्रशिक्षक रहेका हिसन मंगलबार स्वदेश फर्किएका हुन् ।
आईपीएलका लागि भारत आएका हिसन लकडाउनको कारण एक महिना यता बैंगलोरमा अड्किएका थिए ।
हिसन आईपीएलको लागि गत मार्च ५ मा भारत आएका थिए । तर, कोरोनाको कारण आईपीएल अनिश्चितकालका लागि स्थगित गरितेको छ ।
लकडाउनको कारण विमान आवत जावत रोकिएको कारण उनी भारतमै रोकिनु परेको थियो ।
'मुम्बई हाइवेसम्म पुग्न बसमा बिताएको एक दिनपछि निकै शानदार दृश्य देखियो,' हिसनले ट्विटरमा भनेका छन्, 'न्युजिल्याण्डसम्म हाम्रो फर्किने समय फ्लाई एयरएनजेडका कर्मचारीको व्यवहार निकै राम्रो थियो ।'
यस्तै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतमा रहेका न्युजिल्याण्डका उच्च पदाधिकारी र न्युजिल्याण्डका विदेश मन्त्रि र न्युजिल्याण्डका प्रधानमन्त्री जेसिण्डा आड्रनलाई आभार प्रकट गरेका छन् ।
भारतमा लकडाउन जारी रहेको छ । तर, न्युजिल्याण्डले मंगलवारबाट फुकुवा गरेको छ ।