एजेन्सी । कोरोना भाईरसको कारणको स्थगित प्रिमियर लिग फुटबल जुन दोस्रो साताबाट सुचारु गर्ने तयारी गरिएको छ ।
प्रिमियर लिगले स्थगित लिग आगामी जुन ८ बाट सुचारु गरेर जुलाई अन्तिमसम्म सक्ने तयारी गरेको छ ।
प्रिमियर लिग क्लबले शुक्रबार लिग सुचारुबारे छलफल गरेको थियो । र, जुनमा सुचारु गर्नेबारे छलफल गरेको थियो ।
सरकारले समेत प्रिमियर लिग सुचारुको लागि योजना बनाईरहेको बताईएको छ ।
स्पोर्ट्स तथा संस्कृति सचिव ओलिभर डाउडेनले आगामी महिनाबाट लिग सुचारु गर्न तयारी गरिरहेको बताएका छन् ।
जुनबाट लिग सुचारु भए मेबाट टिमको प्रशिक्षण सुरु गर्ने तयारी समेत क्लबले गरेको छ ।
आर्सनल, एभर्टन र वेस्ट ह्यामले खेलाडीलाई व्यक्तिगत प्रशिक्षणका लागि अनुमति दिईसकेको छ ।
कोरोनाको कारण लिग गत मार्चमा स्थगित गरिएको थियो ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ ।
यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।
लिभरपुलले १९९० पछि प्रिमियर लिगको उपाधि जित्न सकेको छैन ।