आर्सनलको प्रशिक्षण सुचारु
मंगलबार, बैशाख १६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब आर्सनलले कोरोना भाईरसको कारण स्थगित टिमको प्रशिक्षण सुरु गरेको छ ।
आर्सनलले लण्डन कोलोनी ट्रेनिङ सेन्टरमा सोमबारबाट प्रशिक्षण थालेको हो ।
आर्सनलले कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दुरीलाई कायम गर्दै खेलाडीलाई प्रशिक्षणको अनुमति दिएको हो ।
एक पटकको प्रशिक्षणमा पाँच खेलाडीले प्रशिक्षण गर्ने छन् । तर, उनीहरुले मैदानमा व्यक्तिगत रुपमा प्रशिक्षण गर्नेछन् ।
हरेक खेलाडीसँग व्यक्तिगत बल हुनेछ ।
यस अघि वेष्ट ह्यामले समेत खेलाडीलाई व्यक्तिगत प्रशिक्षण गर्न अनुमति दिएको थियो ।
कोरोनाको कारण प्रिमियर लिग गत मार्चबाट स्थगित गरिएको छ । लिग स्थगित भएसँगै क्लबले प्रशिक्षण पनि स्थगित गरेको थियो ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


