यूईएफएद्वारा ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग

एजेन्सी । युरोपेली फुटबल महासंघ (यूईएफए) ले कोरोना भाईरसले प्रभावित आफ्ना सदस्य राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।
यूईएफएले सोमबार आफुसँग आबद्द ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
यूईएफएले आफ्ना सदस्य राष्ट्रलाई सहयोग गर्न २३६.५ मिलियन युरो निकासा गरेको जनाएको छ । यूईएफएको घोषणासँगै ५५ राष्ट्रले ४.३ मिलियन युरो पाउने पाउने छन् ।
कोरोनाको महामारीपछि फुटबलका आएको चुनौतीलाई सामना गर्न यस सहयोगले मद्दत पुग्ने यूईएफएले जनाएको छ ।
कोरोनाको कारण युरोपियन लिग ठप्प रहेको छ । अधिकांस राष्ट्र लिग सकिएको छ ।
नेदरल्यान्ड्सको डच लिग भने रद्द भईसकेको छ ।
यस अघि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि कोरोना भाईरसबाट प्रभावित आफ्ना सदस्य राष्ट्रका लागि आर्थिक सहयोगको घोषणा गरिसकेको छ ।
फिफाले हरेक सदस्य राष्ट्रलाई ५ लाख अमेरिकी डलर दिने बताएको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


