लिभरपुलको घरेलु मैदानको विस्तार कार्य सर्यो
सोमबार, बैशाख १५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब लिभरपुलको घरेलु रंगशाला एनफिल्डको विस्तार कार्य एक वर्ष ढिला हुने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण लिभरपुलले रंगशालाको क्षमता विस्तारको कामलाई एक वर्ष स्थगित गर्ने तयारी गरेको छ ।
लिभरपुलले यस वर्षको अन्त्यसँगै रंगशालामा थप ७ हजार सिट क्षमता बढाएर रंगशालाको समता ६१ हजार बनाउने तयारी गरेको थियो ।
लिभरपुलले रंगशालाको विस्तार कार्य डिसेम्बरबाट सुरु गर्ने तयारी गरेको थियो ।
रंगशाला विस्तारका लागि क्लबले ६० मिलियन पाउण्ड छुट्टाएको थियो ।
तर, कोरोनाको कारण क्लबमा पर्न गएको आर्थिक संकटसँगै अन्य कारणले रंगशाला विस्तार कार्य एक वर्ष पछि सार्ने भएको हो ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


