एजेन्सी । इंग्लिस क्लब वेष्ट ह्याम युनाइटेडले आफ्ना खेलाडीलाई प्रशिक्षणको अनुमति दिएको छ ।
वेष्ट ह्यामले आफ्ना खेलाडीलाई रस ग्रिन ट्रेनिङ सेन्टरमा एकल प्रशिक्षणका लागि अनुमति दिएको हो ।
कोरोना भाईरसको कारण लिग स्थगित भएपछि वेष्ट ह्यामले प्रशिक्षण स्थगित गरेको थियो ।
वेष्ट ह्यामले कोरोनाको संक्रमणलाई मध्ये नजर गर्दै प्रशिक्षणका लागि आवश्यक सम्पूर्ण सामग्री खेलाडीले नै ल्याउनुपर्ने नियम समेत बनाएको छ ।
खेलाडीले आफुलाई चाहिने खानेपानी, टावेल लगायतका सम्पूर्ण सामग्री घरबाटै ल्याउनु पर्नेछ ।
यस्तै प्रशिक्षण सकिएपछि घरमै गएर नुहाउनु पर्नेछ ।
यस सिजन वेष्ट ह्याम लिगको १६ औं स्थानमा रहेको छ ।