एजेन्सी । फुटबलको प्रत्येक खेलमा सामान्यतया तीन खेलाडी मात्र परिवर्तन (सब्सिच्युड) गर्न पाइन्छ ।
तर, कोरोना भाईरसको महामारीपछि सुचारु हुने फुटबलमा भने पाँच खेलाडी सब्सिच्युड गर्न पाइने भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोनापछि फर्किएको फुटबललाई मद्दत पुर्याउने उदेश्यले पाँच खेलाडीलाई सब्सिच्युड गर्न दिने निर्णय गर्ने भएको छ ।
पाँच खेलाडी परिवर्तनको माग बढेपछि फिफाले उक्त निर्णय गर्न लागेको हो ।
तर, फिफाले निर्णय गरेपनि त्यसलाई फुटबलको नियम बनाउने निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसियसन बोर्ड (आईएफएबी) ले अनुमोदन गर्नु पर्नेछ ।
कोरोनाले लामो समय मैदान बाहिर रहेका खेलाडीलाई पुन: मैदान फर्कदा कठिन हुने भएको कारण फिफाले खेलाडी परिवर्तनको संख्यालाई बढाउन लागेको हो ।
कोरोनाको कारण अन्तर्राष्ट्रिय फुटबल र विभिन्न देशको लिगहरु स्थगित भएको हो ।