आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फाले यस वर्ष 'एन्फा दिवस' नमनाउने

सोमबार, बैशाख १५, २०७७नमीन ढकाल
एन्फाले यस वर्ष 'एन्फा दिवस' नमनाउने
Classic Tech Internet Ad

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्ष ‘एन्फा दिवस’ नमनाउने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण एन्फाले वार्षिक रुपमा मनाउँदै आएको ‘एन्फा दिवस’ यस वर्ष नमनाउने भएको हो ।

एन्फाले गत वर्षबाट बैशाख २२ गतेलाई एन्फा दिवसको रुपमा मनाउन थालेको थियो । क्यालेन्डरमा समावेश गर्दै वार्षिक रुपमा एन्फा दिवस मनाउने बताएको एन्फाले कोरोनाको कारण यस पटक रोकिने जनाएको छ ।

‘कोरोना भाईरसकै कारण यस पटकको एन्फा दिवस प्रभावित भएको छ । यस पटक दिवस मनाउने छैनौ,’ एन्फाका प्रवक्ता किरण राईले खेलपाटीसँग भने ।

गतवर्ष एन्फाले आफ्नो दिवसको अवसरमा फुटबलमा विशेष योगदान पुर्याएको भन्दै पुरुषतर्फ पूर्व राष्ट्रिय टिमका स्ट्राइकर जुमानु राई र महिलातर्फ पूर्व कप्तान अनु लामालाई सम्मान गरेको थियो ।

यस्तै उदयीमान खेलाडीमा पुरुषतर्फ राष्ट्रिय टिमका अभिषेक रिजाल र महिलातर्फ मञ्जली कुमारी योञ्जनलाई सम्मान गरेको थियो ।

तत्काललाई स्थगित भएको दिवसपछि गर्ने वा नगर्ने भनेर एन्फाले कोरोना न्युनिकरण भएपछि निर्णय लिने बताएको छ ।

‘हामीले अहिलेनै निर्णय लिएका छैनौं । यो महामारी कम भएपछि मिति तय गर्नेछौं,’ राईले थपे ।

गत वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड तत्कालिन महिला टिमका प्रशिक्षक हरि खड्कालाई प्रदान गरिएको थियो ।

लाइफटाइम अचिभमेन्ट अवार्ड भागिरथ आलले पाएका थिए ।

पुरुषतर्फ पूर्व फिफा रेफ्री लव खत्री र महिलातर्फ अस्मिता मानन्धर उत्कृष्ट चुनिएका थिए ।

विदेशी भूमिमा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीमा गोलरक्षक किरण लिम्बु र रोहित चन्द घोषित भएका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
यु–१७ टोली स्वदेश फिर्ता

यु–१७ टोली स्वदेश फिर्ता

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

सिटीको जितमा हालान्डको दुई गोल

सिटीको जितमा हालान्डको दुई गोल

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

फ्लिकले ‘एल क्लासिको’ गुमाउने

फ्लिकले ‘एल क्लासिको’ गुमाउने

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

चेल्सीसँग हारेको २० मिनेटमै नटिङ्घम फरेस्टको प्रशिक्षक बर्खास्त

चेल्सीसँग हारेको २० मिनेटमै नटिङ्घम फरेस्टको प्रशिक्षक बर्खास्त