एजेन्सी । इंग्लिस क्लब वुल्भ्सका फरवार्ड डिएगो जोटाले अहिले विश्व प्रिमियर लिग सुचारुको पर्खाइमा रहेको बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै पोर्चुगिज फरवार्ड जोटाले विश्व स्थगित प्रिमियर लिग सुचारुको प्रतिक्षामा रहेको बताएका हुन् । उनले प्रिमियर लिगको सिजन सकाउनु पर्ने समेत बताए ।
'मलाई थाहा छ विश्वको प्रायः सबै देशमा प्रिमियर लिग हेर्ने गर्छन् । त्यसैले यो महत्त्वपूर्ण छ कि हामीले सिजन समाप्त गर्नु पर्छ,' उनले भने, 'मलाई विश्वास छ प्रिमियर लिगको सिजन समाप्त हुन्छ ।'
कोरोना भाईरसको महामारीको कारण प्रिमियर लिग अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ । तर, कोरोनाको मारामारी जारी रहदा प्रिमियर लिग सुचारुको समेत अन्योलमा रहेको छ ।
जोटाले शनिबार इंग्लिस प्रिमियर लिगको अनलाईन गेम 'ई प्रिमियर लिग' फुटबलको उपाधि जितेका थिए ।
कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिसलाई सहयोग जुटाउने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनलमा जोटाले लिभरपुलका एलेक्स्जेन्डर आर्नोल्डलाई पराजित गरे ।
यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । र, यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । लिभरपुलले १९९० पछि प्रिमियर लिगको उपाधि जित्न सकेको छैन । यस सिजन भने लिभरपुल च्याम्पियन बन्ने लयमा रहेको छ ।