• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
महिला क्रिकेटले गति लिने विश्वास
बिक्रम बुढा क्षेत्री
सोमबार, वैशाख १५, २०७७ बिक्रम बुढा क्षेत्री
महिला क्रिकेटले गति लिने विश्वास

पोखरा । कोभिड १९ अर्थात कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लकडाउनको प्रभाव अन्य क्षेत्रजस्तै खेलकुदमा समेत परेको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को निलम्बन फुकुवासंगै सुस्त गतिमा अघि बढेको नेपाल क्रिकेट संघ (क्यान)को गतिविधि र कार्यक्रमलाई पनि कोरोनाको विश्वव्यापी असरले प्रभावित बनाउने देखिन्छ ।

निलम्बन फुकुवापछि क्यान क्रिकेट विकासका योजना बनाएर कार्यान्वयन गर्ने चरणमा थियो । लामो समयदेखि राम्रो नतिजाका बाबजुत उपेक्षामा परेको महिला क्रिकेटका विकासका योजना समेत बन्दै थिए ।

क्यानले खेलाडीको न्युनतम पारिश्रमिक निर्धारणदेखि महिला क्रिकेटका विभिन्न योजना, कार्यक्रम ल्याउने तयारी गरेको थियो । तर कोरोना संक्रमणको डरले मुलुक लकडाउनको अवस्थामा पुगेपछि महिला क्रिकेट विकासको योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रिया प्रभावित बनेको छ ।

कोरोनाले कमजोर बनाउने विश्व सहित नेपाली अर्थतन्त्रको प्रभाव खेलकुद क्षेत्रमा पनि पर्नेछ । जसले गर्दा बन्दै गरेका योजना कार्यान्वयनको विषय ओझेलमा पर्ने देखिन्छ । क्रिकेट विकासका लागि क्यानले बनाएका योजना ‘होल्ड’ हुन सक्छन् । विस्तारै फड्को मार्दै गरेको महिला क्रिकेट फेरी उपेक्षामा पर्ने चिन्ता खेलप्रेमीले गर्न थालेका छन् ।

महिला क्रिकेट खेलाडी भने देश कोरोना मुक्त भएपछि महिला क्रिकेट विकासको योजना अघि बढ्नेमा आशावादी छन् । राष्ट्रिय महिला टिमकी कप्तान रुबिना क्षेत्री कोरोना भाइरस नियन्त्रणमा आएपछि महिला क्रिकेटले गति लिने विश्वास व्यक्त गर्छिन् । उनले क्रिकेट विकासका लागि अघि बनेको योजनाले निरन्तरता पाउनेमा बताउँछिन् ।

‘महिला क्रिकेट विकासका लागि बनेका योजना कोरोना संकटका कारण रोकिन्छन् जस्तो लाग्दैन ।’ कप्तान क्षेत्रीले खेलपाटीसँग भनिन्, ‘आशा छ, ती योजनाले पहिले जसरी नै निरन्तरता पाउनेछन् । महिला क्रिकेटले गति लिने छ ।’

क्यानको नयाँ नेतृत्वबाट महिला क्रिकेटले धेरै अपेक्षा गरेको कप्तान रुबिना सुनाउँछिन् । महिला क्रिकेटको विकास योजनामा क्रिकेट संघले राम्रो काम गरिरहेको उनको बुझाई छ ।

‘क्यानको नयाँ नेतृत्वले महिला क्रिकेटलाई उपेक्षा गर्नुहुन्छ जस्तो लाग्दैन । नयाँ टिमले महिला क्रिकेटमा राम्रो गर्दै हुनुहुन्छ जस्तो लाग्छ ।’ उनले भनिन्, ‘क्यान खेलाडीको अभिभावक हो । उहाँहरुमाथि खेलाडीले विश्वास गर्नपर्छ ।’

महिला खेलाडी र क्यानका पदाधिकारीबीच भेटघाटको योजना बनेपनि लकडाउनको कारण सम्भव नभएको कप्तान रुबिना बताउँछिन् ।

‘महिला क्रिकेट विकासका लागि के गर्न सकिन्छ भनेर खेलाडीसंग छलफल हुने तय भएको थियो, तर कोरोनाका कारण सम्भव भएन ।’ उनले भनिन् ।

कप्तान रुबिनाले वर्तमान समय महिला क्रिकेट विकासका लागि अति महत्वपूर्ण समय रहेको उल्लेख गर्दै महिला क्रिकेट विकासमा दुरदर्शी योजना नबनेको खण्डमा अस्तित्वनै संकटमा पर्नेमा सचेत हुन आग्रह गर्र्छिन् ।

‘खेलाडी निकै सिमित छन् । यो निकै महत्वपूर्ण चरण हो । यसमा राम्रो गर्न नसके महिला क्रिकेट इतिहास बन्न सक्छ ।’ उनले भनिन् ।

कप्तान रुबिना ग्रासरुटबाटै क्यानले क्रिकेट विकासको योजना बनाउनुपर्ने सुझाईन् । उनले क्रिकेट विकासको लागि क्यानले घरेलु प्रतियोगिताको संख्यामा वृद्धि गरेर हरेक जिल्लामा राम्रा प्रशिक्षक पठाउनु पर्ने बताउँछिन् ।

‘महिला खेलाडीको तलबको प्रक्रिया पूरा भईसकेको जानकारी आएको छ । तर यतिले मात्र पुग्दैन । घरेलु प्रतियोगिता बढाउनुको विकल्प छैन ।’ उनले भनिन्, ‘हरेक जिल्लामा प्रशिक्षक पठाउनु पर्छ र उहाँहरुले काम पनि गर्नपर्छ । प्रदेशमा ‘ट्यालेन्ट हन्ट’ जस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नपर्छ ।’

लकडाउन भएपनि क्रिकेटलाई धेरै सम्झिरहेको रुबिना सुनाउँछिन् । ‘यो समय क्रिकेटको सिजन थियो, हामी प्रतियोगिता खेलिरहेका हुने थियौं । तर त्यो सरेको छ । क्रिकेट निकै ‘मिस’ गरिरहेकी छु ।’ उनले भनिन् ।

आफुलाई फिट राख्न घरमै अभ्यास गरिरहेको जानकारी दिदै उनले अन्य खेलाडीलाई समेत फिटनेसका टिप्सहरु दिने गरेको सुनाईन् ।

चीनमाथि नेपालको जित कस्तो रह्यो ...

पहिलो फ्रेन्चाइज क्रिकेट वुमन्स क्रिकेट लिग (डब्लुसीएल’को सफल आयोजनाले नेपाली समर्थकले महिला क्रिकेटरलाई चिन्ने अवसर पाएको उनको बुझाई छ । प्रतियोगिताबाट महिला क्रिकेट खेलाडीले समर्थकको धेरै माया पाएको उल्लेख गर्दै उनले महिला क्रिकेटले विश्वकप छनौटमा राम्रो प्रर्दशन गर्ने आशा व्यक्त गर्छिन् ।

यस्तै, डब्लुसिएलमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय टोलीसम्म स्थान बनाएकी अलराउण्डर सुमन खतिवडा भने लकडाउनले खेलाडीको लय गुम्ने चिन्ता व्यक्त गर्छिन् ।

लामो समयको आरामले राष्ट्रिय टिममा पुन आफुलाई स्थान बनाउन गाह्रो पर्न सक्ने उनको कथन छ ।

‘पहिलो पटक टिममा पर्न निकै मिहिनेत गरेको थिए । अहिले त्यो मिहिनेत गर्न सकेको छैन ।’ उनले भनिन्, ‘यसले मलाई पनि समस्यामा पार्न सक्छ ।’

लकडाउन अघि नियमित क्लबमा गएर क्रिकेट खेल्ने गरेको उल्लेख गर्दै उनले अहिले घरमै सामान्य फिटनेसका लागि ‘वर्कआउट’ गर्ने गरेको बताईन् ।

सुमनले फिट रहन टिमकी कप्तान तथा फिजियोले दिएको निर्देशनलाई पालना गरेको बताउँछिन् ।

‘फिजिकल फिटनेसका लागि ‘वर्कआउट’नै गर्छु । र दिमागलाई व्यस्त राख्न फिजियो र कप्तानले भने जस्तो ध्यान दिने गरेकी छु ।’ उनले भनिन् ।

कोरोनाको जोखिम सकिएपछि क्यानले महिला क्रिकेटको समय तालिका बनाएर सबैलाई ‘म्याच एक्सपोजर’ दिनु पर्ने उनको सुझाव छ ।

एसईईको तयारीमा कविता

सन् २०१९ को विश्वकप छनौट चरणमा राष्ट्रिय महिला क्रिकेट टिममा डेब्यु गरेकी कविता कुँवरलाई लकडाउनले छोएको छैन । उनी लकडाउन हुनु अघि झै आफ्नो घर नजिकैको मैदानमा क्रिकेट खेलेर समय बिताई रहेकी छिन् ।

‘लकडाउनले गर्दा क्रिकेटमा असर परेको छैन । घर नजिकै खेल्ने गरेकी छु । फिटनेसका लागि पनि घरमै अभ्यास गर्ने गर्छु ।’ उनले भनिन् ।

कविता माध्यमिक शिक्षा परिक्षा (एसईई)को तयारीमा पनि छिन् । दैनिक २ घण्टा क्रिकेट र बाँकी समय परिक्षाको तयारी गरि रहेको उनले सुनाइन् ।

‘अहिले एसईईको परिक्षा आउन लागेकाले त्यसकै तयारीमा छु । दैनिक दुई घण्टा क्रिकेट खेल्छु । बाँकी समय पढाईमा लगाएकी छु ।’ उनले भनिन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP