एजेन्सी । इंग्ल्यान्डका बलर जोफ्रा आर्चरले सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दाको स्वर्ण पदक भेटेका छन् ।
घरको डिजाइन परिवर्तन गर्ने क्रममा हराएको पदक आर्चरले प्राप्त गरेको बीबीसीले जनाएको छ । यसअघि बीबीसीसँगको अन्तर्वार्तामा आर्चरले आफुले विश्वकपको पदक गुमाएको बताएका थिए ।
आर्चरले हराएको पदक बेडरुममा प्राप्त गरेको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा विश्वकपको पदकको तस्बिर सार्वजनिक गर्दै आफुले पाहुना बस्ने बेडरुममा भेटेको बताएका छन् ।

घरेलु मैदानमा भएको विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको थियो । रोमान्चक बनेको फाइनलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई सर्वाधिक धेरै बाउन्ड्रीको आधारमा हराएको थियो ।
खेल बराबरी भएपछि सुपर ओभरमा गएको थियो । तर, सुपर ओभर समेत बराबरी भएपछि सर्वाधिक धेरै बाउन्ड्रीको आधारमा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो ।