एजेन्सी । इटालियन सिरी 'ए' क्लबले आगामी मे महिनाको पहिलो साताबाट प्रशिक्षण गर्न पाउने भएका छन् ।
इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले एक टेलिभिजनमा बोल्दै सिरी 'ए' क्लबले मेबाट प्रशिक्षण गर्न पाउने बताएका छन् ।
प्रधानमन्त्री कोन्टेले कोरोना भाईरसको कारण जारी रहेको लकडाउन हटाउने पहिलो कदमको रुपमा क्लबको प्रशिक्षण खुल्ला गरिने बताएका हुन् ।
प्रधानमन्त्री कोन्टेले मे ४ बाट खेलाडीको व्यक्तिगत प्रशिक्षण र मे १८ बाट टिम प्रशिक्षण गर्न पाउने बताएका छन् । त्यसपछि कोरोनाको महामारीको मुल्यांकन गरेर लिग सुचारु गरिने समेत बताए ।
कोरोनाको कारण सिरी 'ए' फुटबल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
तर, सिरी 'ए' फुटबल मे २७ बाट २ जुन भित्र सक्ने तयारी गरिएको छ ।